सामान्य प्रशासन मन्त्रालयका सहसचिवमाथि बोत्तल प्रहार

सामान्य प्रशासन मन्त्रालयका सहसचिवमाथि बोत्तल प्रहार

  • सोमवार, अशोज ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का महासचिव प्रभाषकुमार शाहले सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजाललाई दुव्र्यवहार गर्दै बोतल प्रहार गरेका छन्।

कर्मचारी सरुवामा असन्तुष्ट केही पक्षले सहसचिव रिजाललाई बारम्बार धम्क्याउने र दुव्र्यवहार गर्ने क्रम बढेपछि उनले सामान्यबाट अन्यत्र सरुवा मागेका छन्। उक्त संगठन माओवादी केन्द्रनिकट कर्मचारी संगठन हो ।

सरुवासम्बन्धमा विवाद भएपछि गत शुक्रबार महासचिव शाहले सहसचिव रिजालमाथि दुव्र्यवहार गरेका हुन्। सामान्यका अनुसार केही कर्मचारीको सरुवाबारे छलफल गर्न गएका शाहले सरुवामा मनपरी गरेको भन्दै सहसचिव रिजाललाई सुरुमा धम्क्याउँदै कार्यकक्षमा राखिएको पानीको बोतलले आक्रमण गर्न खोजेका थिए। तर, सँगै रहेका अन्य कर्मचारीले उनलाई रोकेका थिए।

राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले भने सहसचिव रिजाल र शाहबीच सामान्य असमझदारी मात्रै भएको र विवाद समाधान भइसकेको दाबी गरे। ‘दुव्र्यवहारभन्दा पनि दुई पक्षबीच केही विवाद भएको हो, अब मिलिसकेको छ’, अध्यक्ष रावलले भने। अन्नपुर्ण पोष्टमा खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ