समानुपातिकतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

समानुपातिकतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

  • आइतवार, अशोज २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

 

काठमाडौँ, २९ असोज। 

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ ।

कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा आज बिहान १० बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूची पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगका अनुसार राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ ।

दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

समानुपातिक तर्फको निर्वाचनमा भाग लिन ८८ वटा राजनितिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । आयोगमा दर्ता भएका दलले मात्र समानुपातिक तर्फको सुची बुझाउन पाउनेछन् ।

दर्ता भएका उमेदवारको अन्तिम नामवली भने आगामी कात्र्तिक १७ गते सार्वजनिक गरिनेछ । त्यसअघि भोलीदेखि कात्तिक ५ गतेसम्म बन्दसुचीका नामवली सच्याउनका लागि समय छुटयाएको छ ।

राजनितिक दलले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि छुट्टा छुट्टै बन्दसुची आयोगको कार्यलयमा बुझाउनु पर्नेछ । समाुनपातिक तर्फको बन्दसुचीमा परेका व्यक्ति प्रत्यक्ष तर्फको उमेदवार बन्न पाउनेछैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ