गायक पुन्यमका नया गीत ”जले–जले म जले तिम्रो प्यारमा” सार्वोजनिक

गायक पुन्यमका नया गीत ”जले–जले म जले तिम्रो प्यारमा” सार्वोजनिक

  • शनिबार, अशोज २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

           आश्विन २८ ,काठमाडौँ /        पुन्यम प्रधानको रहरलाग्दो गायनको गर्बिलो करियरको नयाँ गीत सार्वजनिक
काठमाडौ। पचासको त्यो दशकमा रहरलाग्दो गायनमा रहरले प्रवेश गरेका गायक पुन्यम प्रधानको पछिल्लो गीत जले–जले म जले तिम्रो प्यारमा लोकार्पण भएको छ। शनिवार काठमाडौमा आयोजित भव्य तथा सभ्य कार्यक्रम वीच उक्त गीतको लोकार्पण भएको हो।
चर्चित संगीतकार राजु सिंहको प्रमुख आतिथ्यता तथा ख्यातिप्राप्त संगीतकार अनिल शाहीको विशिष्ट आतिथ्यतामा गीतको पोस्टर तथा भिडियोको लोकार्पण भएको हो। नविन श्रेष्ठको शव्द तथा संगीत अनि अनिल शाहीको म्युजिक एरेञ्ज रहेको उक्त गीतको भिडियोको निर्देशन विश्व प्रधानले गरेका हुन्। रिस्ता बस्नेत, निशान खत्री, सिर्जना थापा बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ।
लोकार्पण समारोहमा संगीतकार राजु सिंहले गायक पुन्यम प्रधान र आफू मिलेर पचासको दशकको त्यो कठिन समयमा प्रतिबिम्ब समूह स्थापना गरेर संघर्ष गरेर करियर बनाएको त्यो क्षण तथा पललाई संझे। अर्का संगीतकार अनिल सिंहले जले जले गीतको म्युजिक एरेञ्ज गर्दाको त्यो पल अनि पुन्यमसंगको सहकार्यको बारेमा खुलेर प्रशंशा गरे। कार्यक्रममा अग्रज संचारकर्मी भरत बमजन तथा नारायण राईले शुभेच्छा व्यक्त गरेका थिए।
पचासको दशकमा गायक पुन्यम प्रधानको परिचय प्रतिबिम्ब समूह नै थियो र अझैपनि छ। प्रतिबिम्ब समूहवाट गायनको त्यो रहरलाग्दो करियर शुरु गर्ने गायक पुन्यम प्रधानले हालका अत्यन्त चर्चित संगीतकार राजु सिंहसंग मिलेर वि.सं.२०४७ सालतिर प्रतिबिम्ब समूह स्थापना गरेका थिए। प्रतिबिम्ब समूह स्थापना गर्नुको प्रमुख उदेश्यमा पुन्यम र राजुको एउटै सोच थियो। एउटै निर्णय थियो।
त्यो सोच र निर्णय प्रतिबिम्ब मार्फत प्रतिभाको प्रतिबिम्ब स्थापित गर्नु हो। जुन सोचवाट सुदिप रिजाल, जोन शाही, धनुषा सिंह, बसन्त बित्यासी थापा, इन्द्र ध्वँजु जस्ता अत्यन्त प्रभावशाली गायक–गायिका स्थापित बने। त्यसक्रममा गायक पुन्यम प्रधान पनि प्रतिबिम्ब समूहवाट निकालिएको प्रतिबिम्ब भाग १ देखि ४ सम्मको सांगीतिक एल्बमहरुवाट शिखरमा पुग्दै गए। यसवीचमा पुन्यमका कही बर्बाद नहोस, विझाउने यादहरु, दोवाटोमा कुरिबसेको, नआइदेऊ मेरो जीवनमा जस्ता थुप्रै गीतहरु हिट बने।
विसं.२०५६ सालतिर बाँच्नुको विवशताले प्रतिबिम्बका धेरै बिम्बहरु परदेशिए। त्यसक्रममा पुन्यम पनि अमेरिकाको न्युयोर्कतिर हानिए। न्युयोर्कमा क्रुजको जागिरमा व्यस्त बन्ने क्रममा पनि नेपालमा गाएका ती उज्याला गीत–संगीतलाई कहिले पनि विर्सन सकेनन्। दिनभरको क्रुजको अत्यन्त व्यस्त काम पछिको आरामको समयमा पनि गीत–संगीतमा रमेर देश संझ्ने पुन्यमको बानी नै भयो।
त्यसैको प्रतिफल एकल प्रयासमा पोट्रेट नामक एल्बम निकाल्न सफलता प्राप्त गरेका थिए। प्रतिबिम्ब पछिको पहिलो एकल एल्बम प्रोटेट नै पुन्यमको परिचय बन्यो। त्यो परिचय बनेको लामो अन्तराल पश्चात जले–जले म जले तिम्रो प्यारमा बोलको गीत गाएर नयाँ परिचय बनाउने कार्य भएको छ।
जले जले म जले बोलको गीतवाट नयाँ पुस्तामाझ नयाँ परिचय कायम गर्ने गायक पुन्यमका आउनेवाला नयाँ गीतहरुमा तिम्रो आँखाको रंग, हरपल, फेरि मुटुले बोलका रहेका छन्। लोकार्पित गीतको भिडियो यसप्रकार रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी