नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण साँझ ७ बजे हुने

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण साँझ ७ बजे हुने

  • शनिबार, अशोज २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ , २९ असोज ।

राप्रपाबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुको शपथ आज साँझ ७ बजे राष्ट्रपति भवन शितल निवासमा हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री बनेकाहरुलाई साँझ ७ राष्ट्रपति विद्या भण्डारीले शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपति भण्डारीका स्वकीय सचवि भेषराज अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी सहित चार मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

थापासहित राप्रपाबाट दिलनाथल गिरी, जयन्त चन्द र विक्रम थापालाई मन्त्री बनाईएको छ भने राज्यमन्त्रीहरुमा कान्ता भट्टराई, कुन्ती शाही, भास्कर भद्रा र सुशील श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई मन्त्रालय भने तोकिएको छैन ।
पछिल्लो पटक मन्त्रीहरु थपिएपछि देउवासरकारको मन्त्रिपरिषद् ६४ सदस्यीय पुगेको छ ।

यो इतिहासकै सबैभन्दा ’जम्बो’ मन्त्रिपरिषद् हो । प्रधानमन्त्री देउवा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भइरहेको बेला पटक पटक मन्त्रिपरिषद् विस्तार गरेको भन्दै आलोचित बन्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ