आजबाट संसद विगठन हुदैँ,के पाउँदै छन् आज बिदा हुने सांसदले ?

आजबाट संसद विगठन हुदैँ,के पाउँदै छन् आज बिदा हुने सांसदले ?

  • शनिबार, अशोज २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

काठमाण्डौ , २८ असोज ।
व्यवस्थापिका संसद आजबाट विगठन हुदैछ । संसद विगठन हुनुअघि आज अन्तिम बैठक बस्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

सभामुख ओनसरी घर्तीले आज अपारन्न ३ बजे संसदको बिदाई बैठक आह्वान गर्नुभएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले विषेश सम्बोधन गर्ने तयारी छ ।

त्यसअघि संसदका सम्पूर्ण सदस्यहरुका साथमा फोटो खिचाउने कार्यक्रम राखिएको छ । दलका नेताहरुको सम्बोधनपछि सभामुख घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुनेछ ।

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोली समानुपातिक तर्फको उमेदवारी दर्ता हुने भएकाले त्यसअघि आजराति १२ बजेदेखि संसदको अवाधि सकिन लागेको हो ।

संसदको समयअवाधि आजै सकिन लागेपछि दलहरुबीच सहमति जुट्न नसकेपछि राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी विधेयक र राष्ट्रिय सभा सम्बन्धी विधेयक पारित हुन सकेन ।

२०७२ असोज ३ गते संविधान जारी भएपछि तत्कालिन संविधान सभालाई नै संसदमा रूपान्तरण गरिएको थियो । प्रतिनिधि सभा निर्वाचनको मनोनयनको अघिल्लो दिन संसदको अवधि स्वतः समाप्त हुने संवैधानिक व्यवस्था छ ।

सांसदले के पाउँदै छन्

कार्यकाल सकिएका सांसदले ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो पाउने भएका छन् । पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइने संसद् सचिवालयले जनाएको छ ।तर, पूर्वसभासद्हरूले मागेका अन्य सुविधा भने नपाउने भएका छन् । उनीहरूले सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने, बहालवाला सांसदसमान मर्यादाक्रम हुनुपर्ने र विशिष्ट लोगो दिनुपर्ने माग गरेका थिए । तर, कानुनी आधारविना पूर्वसभासद्हरूलाई सुविधा दिन नसकिने भन्दै संसद सचिवालयले लोगो मात्र दिन सक्ने अडान राखेको थियो ।

संविधानसभा एक पटक मात्र गठन हुने र संविधान जारी गर्न सफल भएकाले संसद् सचिवालयले विशिष्ट लोगो प्रदान गर्न लागेको सचिवालयका प्रवक्ता गौतमले बताए । सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने भएका छन् । विगतमा पनि कार्यकाल समाप्तिपछि सांसदलाई यस्तो सुविधा दिने गरिएको संसद् सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ