देउवा सरकार ६४ सदस्यीय ,राप्रपाबाट चार मन्त्री र चारजना राज्यमन्त्री नियुक्त : शनिवार शपथग्रहण हुने भ्रामक हल्ला मात्रै – राष्ट्रपति

देउवा सरकार ६४ सदस्यीय ,राप्रपाबाट चार मन्त्री र चारजना राज्यमन्त्री नियुक्त : शनिवार शपथग्रहण हुने भ्रामक हल्ला मात्रै – राष्ट्रपति

  • शुक्रबार, अशोज २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ८ जनालाई सरकारमा सहभागी गराउनु भएको छ ।

आज नियुक्त गरिएकाहरुमा कमल थापा, दिलनाथल गिरी, जयन्त चन्द र विक्रम थापा रहेका छन् । थापालाई उपप्रधानमन्त्री दिइएको छ भने मन्त्रालय कसैको पनि तोकिएको छैन ।

त्यस्तै, कान्ता भट्टराई, कुन्ती शाही, भास्कर भद्रा र सुशील श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । उनीहरुको पनि मन्त्रालय तोकिएको छैन । योसँगै देउवा सरकार ६४ सदस्यीय भएको छ ।

उता राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गर्नुभएको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्नुहुने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गर्नुभएको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो । कतिपय सञ्चारमाध्यममा शनिबार नै नयाँ मन्त्रीहरुको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ