उपप्रधानमन्त्रीसँग कलाकारको भेट

उपप्रधानमन्त्रीसँग कलाकारको भेट

  • बिहिबार, अशोज २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, २६ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल चलचित्र सङ्घ, कलाकार सङ्घ र निर्देशक समाजका प्रतिनिधिले आगामी नोभेम्बरमा अमेरिकाको टेक्सासमा हुने ‘मोसन पिक्चर अवार्ड–२०१७’ बारे जानकारी गराएका छन् ।

उपप्रधानमन्त्रीको कार्यकक्षमा उनीहरुले अवार्ड सार्वजनिक गर्नका लागि सहयोग गर्न आग्रह गरेपछि उहाँले आफ्नो तर्फबाट सहयोग हुने विश्वास दिलाउनुभयो ।

भेटमा नेपाल चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्देशक ऋषि लामिछाने, चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछाने, वरिष्ठ कलाकार सुनिल थापा, कलाकार कविता शर्मा, हल व्यावसायी मधुसूधन प्रधान र गोपालकाजी कायस्थ सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी