क्रान्तिकारी माओवादीले चुनाव प्रयोग गर्ने , बैद्य बने महासचिब (यस्तो छ पोखरा सम्मेलनको निर्णय )

क्रान्तिकारी माओवादीले चुनाव प्रयोग गर्ने , बैद्य बने महासचिब (यस्तो छ पोखरा सम्मेलनको निर्णय )

  • बिहिबार, अशोज २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडै २६ असोज ।

एकातिर जनवादी क्रान्ति र जनयुद्धको कुरा गर्ने बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले अन्ततः आउदो प्रादेशीक र केन्द्रिय निर्वाचनमा भाग लिने भएको छ ।

पोखरामा असोज २२ देखि आज सम्म चलेको राष्ट्रिय सम्मेलनले आउदो निर्वाचनलाई देशभक्त जनवादी मोर्चाकोको माध्यमले रणनीतिको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

सम्मेलनमा आधिकांश कार्यकर्ताहरुले चुनव बहिस्कार गरेर क्रन्तिमा जाने मत राखेपनि नेतृत्वले पेलेर चुनावमा सहभागी हुने निर्णय गरेको असन्तृुष्ट नेताहरुले बताएका छन् ।

यस अघि पनि मोर्चा बनाएर स्थानिय निर्वाचनको चुनवमा सहभागी उक्त पार्टीले केही वडामा जित हासिल गरेको थियो ।

यस्तै, सम्मेलनले पार्टीलाईं महासचिब प्रणालीमा गग्ने निर्णय पनि गरेको छ । मोहन बैद्य किरणलाई महासचिब चयन गर्दै सम्मेलनले ९५ सदस्यिय केन्द्रिंय समिती घोषणा गरेको छ । जसमा ७७ पूर्ण सदस्य रहेका छन् भने १८ जना बैकल्पिक सदस्य पछि थप्ने बताईएको छ ।

नेता परि थापा र रामसिंह श्रीसको दबाबका कारण पार्टीले निर्वाचनलाई उपयोग गर्ने निति लिएको सम्मेलनमा सहभागि एक नेताले बताएका छन् । यसअघि हिजो चुनावलाई खारेज गरेर जानुपर्ने हलबाट चर्को दबबा आएपछि सम्मेलन नै स्थगित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ