पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा बौद्धहरुको अपमान : ‘ मोहन बिक्रम ,बिजुक्छे बौद्ध भिक्षु जस्तो सधै घन्टी बजाएर बस्नु भएको छ ’

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा बौद्धहरुको अपमान : ‘ मोहन बिक्रम ,बिजुक्छे बौद्ध भिक्षु जस्तो सधै घन्टी बजाएर बस्नु भएको छ ’

  • बिहिबार, अशोज २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

टिप्पणी

-राजेन मानन्धर
बुद्धभूमिमा जन्मेर हिन्दु संस्कारमा हुर्केका नेपालका राजनीतिज्ञहरु पटक पटक बौद्धहरुलाई भावनामा चोट पुर्याएर चर्चामा आउने गरेका छन् ।
पछिल्लोपटक पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं जनयुद्धका नेता पुष्पकमल दहालले एउटा पार्टी जुनसँग उनी सन्तुष्ट छैनन्, त्यसलाई सम्बोधन गर्दा बौद्ध भिक्षु जस्तो सँधै घण्टी बजाएर बसेको भनेर होच्याएका छन् ।
सेतोपाटी डटकम नामक अनलाईनमा प्रकाशित समाचार अनुसार उनले बुधबार एक सभालाई सम्बोधन गर्दै भने, “राजनीतिलाई बौद्ध भिक्षु रहेसम्म घण्टी बनाइरहने हो भन्या जस्तो गरि वा बिस्तारै बिस्तारै अगाडि बढ्छ भन्ने कहिल्यै विश्वास गरिन” ।
स्पष्ट छ, उनले बिस्तारै विस्तारै अगाडि बढ्नेहरुलाई वा समयको माग अनुसार आफुलाई बदल्न नचाहनेहरुलाई बौद्ध भिक्षु भनेका छन् र उनीहरुले घण्टी बजाएको जस्तो गर्नेलाई कहिल्यै विश्वास नगर्ने बताएका छन् ।

यसका साथै उनले केही कम्युनिष्ट नेताहरुलाई घुमाउरो शैलीमा व्यंग्य गर्दा भने, “उहाँहरु त्यहिँ हुनुहुन्छ । हिँडिराख्नुभएको छ । बौद्ध भिक्षु जस्तो घण्टी बजाइ राख्नुभएको छ ।”
यसको अर्थ पनि यही भयो कि उनले आफुजस्तै नेकपा एमालेमा मिल्न गएका नेकपा संयुक्तलाई तारिफ गर्ने क्रममा उनले त्यसमा मिल्न नआएका कम्युनिष्ट नेताहरु मोहन विक्रम सिंह, मोहन वैद्य र नारायण बिजुक्छेलाई बौद्ध भिक्षु जस्तो घण्टी बजाउनेहरुको संज्ञा दिएका छन् ।

यहाँ प्रश्न उठ्छ, बौद्ध भिक्षुले घण्टी बजाउनु भनेको के हो? बुद्धधर्ममा घण्टी बजाउनुको अर्थ के हो, कसले बजाउँछ कसले बजाउँदैन भन्ने सामान्य ज्ञान पनि नराखेका पूर्व प्रधानमन्त्रीले गैरजिम्मेवारी ढंगले कुनै धार्मिक समुदायले प्रयोग गर्ने साँस्कृतिक बस्तु वा संस्कारलाई तुच्छ वा बेकामको वा गतिहिन भन्ने अर्थ बुझाउन कुनै पनि हालतमा प्रयोग गर्न पाइँदैन ।
यसरी देशका सबै बौद्धहरुको भावनामा चोट पारेर सयौं वर्ष देखि रहिआएको अन्तरधार्मिक सम्बन्धमा खलल पार्ने यस प्रकारको संवेनशील अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन ? माफी माग्नु पर्छ कि पर्दैन ?
उनले यो उपमा अनजानमा बेहोसीमा दिएका होइनन् । यो पुष्पकमल दहाल होइन उनको हिन्दु अहंकारवाद बोल्दैछ । एकै धर्मका मानिसहरुमात्र नेपाली हुन् भन्ने पञ्चायती राष्ट्रवाद कुनै बेला धार्मिक समानता चाहिन्छ भनेर संस्कृत विद्यालयहरुमा आक्रमण गर्नेहरुको दिमागमा पनि छ भन्ने बिस्तारै खुल्दैछ ।
बुद्धधर्मका सबै बौद्ध भिक्षुले घण्टी बजाउँदैनन् । थेरवादीहरुले त घण्टी जस्तो कुनै पनि बस्तु प्रयोगमा नै ल्याउँदैनन् । विशेष दीक्षा प्राप्त बज्रयानीहरुले अथवा महायानी पूजकहरुले मात्र विशेष पूजामा बजाउँछन् । यसलाई सम्बोधन मात्र गर्दा पनि आदरका साथ गर्नुपर्ने हुन्छ । नेपालका केही बौद्ध भिक्षुहरुले विशेष अवसरका घण्टी बजाउने कारणले नै नेपाललाई विश्वले आदरकासाथ सम्बोधन गर्ने गरिन्छ भनेर विशेष गरी लुम्बिनीको पुनःनिर्माणमा समेत दखल दिन चाहने नेताहरुले थाहा पाउनु जरुरी छ ।

उनले कुन बौद्ध भिक्षुले कहाँ कतिबेला घण्टी बजाएको त भनेका छैनन् तर यहाँ यसको प्रयोग जुन किसिमले गरे त्यसबाट उनले यसको अर्थ के हो भन्ने जान्न जरुरी नै ठानेका छैनन् भन्ने थाहा हुन्छ । यसको कारण यही हो कि उनी यस्तो धार्मिक समुदायसँग सम्बन्धित छन् जसले अरु कुनै धर्मको महिमा र धर्माबलम्बीहरुको भावनामा चोट पुग्छ कि भनेर सोच्न पर्दैन वा सोच्ने आश्यकता महशुस गर्दैन ।
कुनै बेला देशमा भएका सम्पूर्ण राजनीतिक, सामाजिक, जातीय, लैंगिक तथा धार्मिक विभेदको अन्त्य गर्ने भनेर जनयुद्ध घोषणा गरी १८,००० नेपालीको मृत्युको कारक बनेका दहाल विस्तृत शान्ति सम्झौतमा मार्फत बनेको राजीतिक परिस्थितिमा प्रधान मन्त्री बनेका थिए । उनले भनेका जस्ता परिवर्तन भयो भनेन जनताले देखेका छन् तर अहिले यसरी कसैको धार्मिक भावनामै चोट पुग्ने गरी आफुले भनेजस्तो नगर्ने राजनीति घटकहरुमाथि व्यंग्य गर्न थालेपछि वा त्यस्ता व्यंग्य गर्नलाई कुनै धार्मिक समुदायको भावनामा चोट पुर्याउन पछि नपर्ने भएपछि उनीबाट उनको नेतृत्वमा भएका पार्टीका सदस्यहरुबाट अब अल्पमतमा परेका धार्मिक समुदायहरुले कस्तो सरक्षण पाउने भनेर बौद्धवृत्तमा शंका उठ्न थालेको छ ।
पूर्वप्रधानमन्त्री दहालले अब पनि विश्वमा नेपाल बुद्धधर्मको घण्टी बजाउने बुद्ध जन्मेको देश भनेर नै चिनिन्छ, सत्तामा जान हजारौं हजार निर्दोष जनताको मृत्युको कारण बन्न रुचाउने नेताहरुको देश भनेर चिनिँदैन भनेर बुझ्नु पर्छ ।
स्मरणीय छ, करिब अढाइवर्ष पहिले पनि पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले एउटा समारोहमा बुद्धलाई अनपढ भन्ने आशयको अभिव्यक्ति दिएर चर्चामा आएका थिए ।
हिजै मात्र एक जना बौद्ध भिक्षु विमल धम्मले आफुलाई “२३ गते लुंखुशी विहारमा कथिनकार्यक्रममा जाँदै गर्दा प्रहरीले रोक्यो, यता तपाईको लागि इन्ट्री मनाही छ भन्यो” भनेर सामाजिक सञ्जालमा दुख व्यक्त गरे भने आज सरकार प्रमुख भइसकेका व्यक्तिले संसारमै शान्तिको सन्देश फैलाउन सकौं भनेर घरबार त्यागेर बुद्धले सिकाउनुभएको मार्गमा लागेका बौद्ध भिक्षुहरुलाई बेकामका मानिसहरु भन्ने सम्झेर यसरी व्यंग्यको तारो बताए । यो पनि एक संयोग नै मान्नुपर्छ ।

नेपालका हिन्दू राजनीतिज्ञहरुको यस्तो व्यवहारले के नेपाल साँच्चै बुद्ध जन्मेको देश हो र ? बिना कारण नेपालमा बौद्धहरु नेपालका नेताहरुबाट किन अपमानित भइरहनुपर्छ ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । अरुले आफुलाई सम्मान गरोस् भन्ने चाहना छ भने आफुले अरुलाई सम्मान दिनु जान्नु पर्दछ । यस्ता विवादास्पद बोलेर ती नेताहरुलाई क्षणभरको लागि त राजनीतिक फाइदा प्राप्त होला तर दिनप्रतिदिन हामी राज्यबाट प्रताडित छौं भनेर मन दुखाएर बस्नु परेका बौद्धहरु सरकार चलाउने व्यक्तिहरुको धार्मिक अहंकारप्रति सकारात्मक हुने छैन ।

यस्ता हेर्दा सानातिना जस्तो देखिने अभिव्यक्ति र त्यस पछाडि निहित सोचले देशमा हजारौं वर्ष देखि रहिआएको धार्मिक सहअस्त्विको भावनालाई भित्र भित्र खोक्रो बनाउँदै लानसक्छ भनेर जिम्मेवार व्यक्तिहरुले मनन गर्न आवश्यक छ ।

bodhitv0nline.com बाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी