नेकपाले क्रान्तिकारीहरु बीच धु्रविकरण गर्ने , काठमाडौँमा विशाल जनप्रदर्शन देखि भ्रष्टचारीका घर घेर्नेसम्म (यस्ता छन् केन्द्रीय समितिका निर्णय)

नेकपाले क्रान्तिकारीहरु बीच धु्रविकरण गर्ने , काठमाडौँमा विशाल जनप्रदर्शन देखि भ्रष्टचारीका घर घेर्नेसम्म (यस्ता छन् केन्द्रीय समितिका निर्णय)

  • मङ्लबार, अशोज २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २४ असोज ।

नेपाल कम्युनिस्ट पार्टीले सबै क्रान्तिकारीहरुका बीच धु्रविकरण गर्ने निर्णय गरेको छ ।

असोज २१ देखि २३ गतेसम्म कास्कीमा बसेको केन्द्रीय समितिको बैठकले एमाले र माओवादी केन्द्रबीचको एकतालाई संसदवादी संशोधनवादीहरुबीचको सत्तास्वार्थको एकता भएको बताउँदै सबै क्रान्तिकारी शक्तिहरुकाबीच नयाँ धु्रविकरण अभियान चलाउने नेकपाले निर्णय गरेको हो ।

तर नेकपाले एमाले र माकेसँग पार्टी तहमा भने एकता नहुने प्रष्ट पारेको छ । ती पार्टीमा रहेका सच्चा क्रान्तिकारीहरुलाई कम्युनिस्ट पार्टीमा गोलबन्द गर्नका लागि उक्त अभियान सुरु गर्ने निर्णय गरेको नेकपाद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
त्यसका लागी एमाले र माओवादी केन्द्रमा रहेका सच्चा क्रान्तिकारीहरुबीचछलफल अन्तरक्रिया अगाडि बढाउने जनाईएको छ ।
नेकपाको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीमा पहिलो एकता ऋषि कट्टेलको नेतृत्वमा रहेको अर्को नेपाल कम्युनिस्ट पार्टीसँग हुनेछ । साथै मोहन बैद्य किरणको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)सँग पनि एकताको पहल गरिने बताइएको छ ।

यसैगरी नेकपाले कात्तिक ७ गते अर्थात् अक्टोबर क्रान्तिको शतवार्षिकी काठमाडौँमा विशाल जनप्रदर्शन र सभासहित सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने बताइएको छ । त्यसैगरी बैठकले राष्ट्रिय स्तरका भ्रष्टाचारीको घर घेर्ने र ती भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले कात्तिक १ गतेदेखि राजनीतिक अभियान सुरु गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकमा पार्टीका महासचिव विप्लवले प्रस्तुत गरेको संसदीय चुनाव खारेज गरौँ, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौँ’ शीर्षकको आठ पृष्ठ लामो राजनीतिक प्रतिवेदन एकमतले पारित भएको छ ।

उक्त प्रतिवेदनमा नेपालको वर्तमान राजनैतिक परिस्थितिले क्रान्तिकारी शक्तिहरु र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका बीचमा ध्रुवीकरणको आवश्यकताको बोध गराएको उल्लेख छ ।
साथै प्रतिवेदनमा महासचिव विप्लवले सरकारले घोषणा गरेको चुनावले देशमा अराजकता, अस्थिरता, अन्यौलता र द्वन्द्वलाई मात्र बढावा दिने उल्लेख गर्दै निर्वाचनलाई खारेज गर्नुपर्ने बताउनु भएके छ ।

नेकपाको केन्द्रीय कार्यालयले केही सञ्चारमाध्यामले यसलाई बङ्ग्याएर भ्रम उत्पन्न गरेको बताउँदै यो ध्रुविकरण क्रान्तिकारी शक्तिहरुकाबीचको मात्र धु्रविकरण भएको पनि प्रष्ट पारेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ