काङग्रेसले ११ सदस्यीय संसदीय बोर्ड गठन गर्ने

काङग्रेसले ११ सदस्यीय संसदीय बोर्ड गठन गर्ने

  • मङ्लबार, अशोज २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,२४ असोज ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेद्वारको नाम तय गर्न नेपाली काङग्रेसले ११ सदस्यीय संसदीय बोर्ड गठन गर्ने भएको छ ।

पार्टीको बिधानमा पदाधिकारी र बढीमा ८ मनोनित सदस्य गरी १४ सदस्यीय संसदीय बोर्डको व्यवस्था भएपनि पदाधिकारीमा ३ जना नियुक्त गर्न बाँकी रहेकाले हाललाई ११ सदस्यीय बोर्ड गठन हुन लागेको हो ।

काग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बोर्ड गठनको जिम्मा सभापतिलाई दिइएकाले उहाँले सहमतिमा निर्णय लिने बताउनुभयो ।
बिधानले पदाधिकारीसहित १४ को व्यवस्था गरेकाले बोर्डलाई पूर्णता दिनुअघि पदाधिकारी नियुक्तिको दबाब देउवामा परेको छ ।

कंग्रेसमा उपसभापति, महामन्त्री र सह–महामन्त्रीमा पदपूर्ति हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाले ११ सदस्य मनोनित गरेर बोर्डलाई १४ सदस्यीय बनाउन प्रस्ताव गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अस्वीकार गरेका थिए ।

बिधानको व्यवस्था अनुसार बढीमा ८ मनोनित सदस्यमात्रै बोर्डमा राख्न पौडेल समूहले दबाब दिएपछि सभापति देउवा त्यसमा राजी हुनुभएको बालुवाटार स्रोतले जनायो ।

संसदीय बोर्ड गठनमा ढिलाई भएपछि २७ गतेभित्रै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नेको टुङ्गो लगाउने कंग्रेसको निर्णय प्रभावित हुने भएको छ ।

लोकतान्त्रिक गठबन्धनमा अटाउने दललाई छुट्टाउने सिट संख्याका बारेमा समेत टुङ्गो लाग्न बाँकी भएकाले कंग्रेसले उम्मेद्वारको संख्या र नामावलीमा विस्तृतमा छलफल गरेको छैन ।

जिल्लाबाट सिफारिश नामलाई आधार मानेर संसदीय बोर्डले उम्मेद्वारबारे अन्तिम निर्णय लिनेछ । यसअघिको कंग्रेस केन्द्रीय समिति बैठकले उम्मेद्वारको टुङ्गो असोज २७ गतेभित्र लगाउने गरी बोर्ड गठनको जिम्मा सभापति देउवालाई दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ