तत्काल सरकार पुर्नगठन गर्ने देउवाको योजना तुहियो , यस्तो छ बास्तविकता

तत्काल सरकार पुर्नगठन गर्ने देउवाको योजना तुहियो , यस्तो छ बास्तविकता

  • मङ्लबार, अशोज २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं , २४ असोज ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रतिपक्षि एमालेबीचको वाम तालमेलपछि चर्चामा आएको सत्ता पुर्नगठन तत्काल नहुने भएको छ ।

सरकारको नेतृत्वकर्ता दल नेपाली काग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलको आन्तरिक व्यवस्थापन मिल्न नसक्दा सरकार पुर्नगठनको संभावना तत्कालका लागि टरेको हो ।

गठबन्धनमाअ आबद्ध दलहरुलाई मिलाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल भएसँगै अहिले नै सरकार पुर्नगठनको सम्भावना नभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताउनु भयो । उहाँले सरकारमा आउन केही दल आंकाक्षी भएपनि काङग्रेस र लोकतान्त्रिक फोरमबीच हुने भनिएको एकता समेत अन्यौलमा परेको बताउनुभयो ।

गठबन्धनमा आबद्ध राप्रपा लगायत केहि दल सरकारमा जान तयार भएपनि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसंग कुरा मिल्न सकेको छैन ।

मुख्य दलबीच ध्रुब्रिकरण बढेसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुर्नगठनका लागि छलफल अघि बढाउनुभएको थियो । तर कानुनविदले सरकार पुर्नगठन गर्दा निर्वाचन आचारसंहिताले अप्ठेरो पर्ने तथा निर्वाचन नै प्रभावित हुनसक्ने बताएपछि प्रधानमन्त्री देउवालाई सकस परेको छ ।

काङग्रेस र लोकतान्त्रिक फोरमबीच प्रत्यक्ष र समानुपातिक तर्फको सिट संख्यामा सहमति हुन नसकेपछि एकता प्रक्रिया रोकिएको लोकतान्त्रिक फोरम श्रोतले जनाएको छ । यद्यपि दुई दलबीच थप छलफल गरी केहि दिन भित्रै एकता प्रक्रिया अघि बढाईने नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ