निर्वाचनको समग्र परिचालन र संयोजनको जिम्मा ओलीलाई , गौचन हत्याप्रति एमालेको भत्र्सना

निर्वाचनको समग्र परिचालन र संयोजनको जिम्मा ओलीलाई , गौचन हत्याप्रति एमालेको भत्र्सना

  • मङ्लबार, अशोज २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ , २४ असोज ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनको समग्र परिचालन र संयोजनको जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको स्थायी समिति बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी निर्वाचनमा होमिने निर्णय गरेको हो ।

विभिन्न जिल्लाबाट सिफारिश भएका उम्मेदवारीबारे छानबिन गरेर प्रकृया अघि बढाउने, चुनावी घोषणापत्र निर्माण र अन्य दलसँग सिट बाँडफाँडबारेको छलफललाई छिट्टै निश्कर्षमा र्पुयाउने निर्णय बैठकले गरेको उपाध्यक्ष भिम रावलले जानकारी दिनुभयो ।

समानुपातिकतर्फको उम्मेदवारको अन्तिम टुङ्गो आगामी बिहीबार र शुक्रबार बस्ने स्थायी समिति बैठकले लगाउने नेता रावलले जानकारी दिनुभयो ।

एमाले स्थायी समिति बैठकले स्वदेश र प्रवासमा रहेका सम्पूर्ण कार्यकर्ताहरुलाई निर्वाचन अभियानमा सक्रियताका साथ लाग्न पनि आग्रह गरेको छ ।

त्यस्तै हिजो राजधानीमा गोली प्रहार गरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको प्रति एमालेले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ । दोषी पत्ता लगाई तत्काल कारबाही थाल्न एमालेले सरकारसँग माग पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ