सुनिल धिताल
सहमति कार्यान्वयनपछि पार्टी एकता भनिएपनि वास्तमा त्यो माके समुहको राजनीतिक पतन र एमालेमा विलय हो । त्यसको मुल्यांकन इतिहासले निर्ममता पुर्वक अवश्य गर्नेछ ।
तथापि गत १७ गतेको सहमति पछि अनुत्तरित बनेका केही प्रश्नको उत्तर तपाइले नाम मात्रको माओवादी पार्टी विघटन गर्नुभन्दा पहिले सहिद परिवार, घाइते योद्धा, खाडी मुलुकमा छरिएका कार्यकर्ता र नेपाली जनताको अगाडि उभिएर दिनुपर्छ । अब उप्रान्त फागुन एक गते जनयुद्ध दिवस मनाइन्छ कि आतंककारी दिवस मनाउनुहुन्छ ? पार्टी कार्यालयमा जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेल- कृष्ण सेन ‘इच्छुक’हरुको तस्बिरले प्रवेश पाउछ कि पाउदैन ? जनयुद्धका सहिदहरु राष्ट्रिय सहिद घोषित हुन्छन् कि हुदैनन् ? जनवादी क्रान्तिका बाकी कार्यभार कुन भाषणबाट पूरा हुन्छन् अब ? बालकृष्ण ढुंगेलले नयाँ पार्टीको सदस्य बन्न पाउछन् कि अपराधी ठहर गरिन्छ ?
जनयुद्धको बेलामा एमालेको सुराकीमा हत्या गरिएका सहिदका छोराछोरीले सुर्य चिन्हमा मतदान गर्न मानेनन् भने कस्तो प्रकारको जनवादी केन्द्रीयता लागु हुन्छ वा कार्वाही गर्नुहुन्छ ? समाजवादी क्रान्ति मालेमाबादको कति डिग्रीको क्रमभंगतामा हुन्छ ? टनकपुर सम्झौता राष्ट्रबादी सुचीमा सर्छ कि राष्ट्रघाती सम्झौताको रुपमा खारेज गर्ने आन्दोलनको उठान हुन्छ ? वास्तमा प्रचण्ड कुनै ब्यक्तिको नाम मात्र थिएन, बरु जनयुद्धले स्थापित गरेको एउटा ‘राजनैतिक ब्राण्ड’ हो जसको सिधा सम्बन्ध जनयुद्धको सहिदको रगत र तिनको संग जोडिएको छ । हिजो तपाइको आदेशमा बलिदान गरेका सहिदको जिम्मा कसलाई लाएर तपाईं एमालेमा जानुहुन्छ, प्रचण्ड भन्ने ‘ब्राण्ड’ कसलाई धरौटीमा बुझाउनुहुन्छ ? काम्रेड।
इतिहास निर्मम र कठोर हुन्छ । आज बिदेशीहरुको आडमा, सत्ता र शक्तिको भरमा, निजि सुख र सम्पतिको लोभमा आफ्नो बर्ग, जनता र देशलाई घात गरेपनि समयले तपाईलाई एउटा जटिल कठघरामा जरुर उभ्याउनेछ ।
यद्यपि त्यतिबेला गल्ती महसुस गरेर पछि फर्किने कुनै पुल बाकी हुनेछैन तपाईंको लागि, अवसरको नयाँ गन्तव्य चढ्ने कुनै भर्याङ बाकी हुने छैन, भौतिक सुख र सुरक्षाको लागि कुनै दरबार बाकी रहने छैन, राजनीतिक सुरक्षाका लागि कुनै पार्टी र बिचार बाकी रहनेछैन, जालझेल र षड्यन्त्रका लागि कुनै तिक्डम बाकी रहने छैन जनयुद्धको सहिद र घाइतेको परिवारले एक दिन तपाईलाई जनअदालतको कठघरामा उभ्याउने छ। त्यो दिन तपाईंले माफी पाउनुहुने छैन।
लेखक जनसेनाका पुर्ब कमानडर हुन्
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline