संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भैरहवा विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनिसँगको ठेक्का सम्झौता नतोड्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई चिनियाँ ठेकेदार कम्पनि नर्थ वेस्ट सिभिल एभिएसनसँगको सम्झोता नतोड्न निर्देशन दिएको हो ।
पछिल्लो दिनमा निर्माण कम्पनिले काममा सुधार ल्याएकाले तत्काललाई ठेक्का सम्झौता तोड्नु उचित नहुने निष्कर्ष निकाल्दै सम्झौता नजोड्न सरकारलाई निर्देशन दिएको समिति सभापति जुठ बहादुर टुहुरेले जानकारी दिनुभयो । काम सन्तोषजनक नभएको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले सो कम्पनिलाई डेढ महिनाको समय दिंदै काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिएको थियो । बैठकमा सहभागी भैरहवा विमानस्थल आयोजना प्रमुख ओम शर्माले सरकारको चेतावनी पछि अहिले कामले गति लिएको बताउनुभयो ।
बैठकमा शर्माले कामदारको संख्या ७० बाट बढाएर दुई सय पुर्याइएको जानकारी दिनुभएको थियो । बैठकमा उपस्थित चिनियाँ कम्पनिका कर्मचारीले माटो र विद्युतको समस्या रहेको गुनासो गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline