धितोपत्र बजार : आज पनि ओरालो

धितोपत्र बजार : आज पनि ओरालो

  • सोमवार, अशोज २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

 

काठमाडौँ, २३ असोज । धितोपत्र बजार आज पनि ओरालो लागेको छ । दशैँको लामो बिदापछि खुलेको बजार आइतबार ३२ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ८.१२ अंकले ओरालो लागेर एक हजार ५०१ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५३ अंकले घटेको छ । आज अन्य समूहबाहेक अरु सबै समूहका शेयर ओरालो लागेको छ । कूल १५२ कम्पनीको छ लाख ४३ हजार पाँच कित्ता शेयर रु ३१ करोड ६८ लाख छ हजार ७५८ मूल्यमा कारोबार भएको छ ।

स्टकका अनुसार आज अन्य समूहको शेयर कारोबारमा भने ४.९२ बिन्दूले बढोत्तरी भएको छ । बैंकिङ नौ, व्यापार ३.०४, होटल १.६, विकास बैंक १२.६३, जलविद्युत् ६.२९, बीमा ४७.२७ र वित्त क्षेत्र ८.१४ बिन्दूले घटेको छ ।

राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी