काठमाडौं ,असोज २३।
सरकारले भूकम्प पीडितहरुलाई सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निर्ब्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बैठकले भुकम्पपिडितलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निणर्य गरेको हो ।
अब धीतो जमानीबाट निब्र्याजी ऋण उपलब्ध गराइने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्य्विधि बनाएको थियो ।
तर, बैंकहरुले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले आजको बैठकबाट कार्य्विधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।
सरकारको यो निर्णयसँगै भूकम्प पीडितहरुले बन्दै गरेको घर नै जमानीमा राखेर ३ लाख निर्ब्याजी ऋण लिन सक्नेछन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको दरबन्दी, संगठन संरचना पनि स्वीकृत गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग बनाउनुपर्ने हुन्छ । सोही आयोगका लागि आवश्यक जनशक्ति र संगठन संरचना सम्बन्धि प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो ।