बाराको कलैया उपमहानगरमा प्रमुख र उपप्रमुख दुवै पदमा काँग्रेस विजयी

बाराको कलैया उपमहानगरमा प्रमुख र उपप्रमुख दुवै पदमा काँग्रेस विजयी

  • बुधबार, अशोज ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ , ११ असोज ।

बाराको कलैया उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
कलैया उपमहानगरमा प्रमुख र उपप्रमुखतर्फ काँग्रेसका राजेश यादव र रहीमा खातुन विजयी भएका छन् । यादवले एमालेका विनोद साहलाई ३ सय ६५ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । यादवले १० हजार ९ सय ३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै खातुनले एमालेकी प्रतिस्पर्धी प्रतिमा यादवलाई ३ सय ४४ मतले पराजित गर्दै उपप्रमुखमा विजयी हुनुभएको छ । खातुनले १० हजार ७ सय १६ मत प्राप्त गर्नुभएको छ ।

यो संगै बाराको १६ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।
कलैया उप–महानगरपालिकासहित काँग्रेसले ६, जितपुर सिमरा उपमहानगरसहित एमालेले २, संघीय फोरम ४, राजपा ३ र १ वटा तहमा नेपाल लोकतान्त्रिक फोरमले विजयी हात पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ