वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता कायमै (यस्तो छ ताजा अपडेट)

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता कायमै (यस्तो छ ताजा अपडेट)

  • बुधबार, अशोज ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाण्डौ , ११ असोज ।

प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगञ्ज महानगरपालीकाको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ ।
७८ हजार मत गन्दा नेपाली कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ । वीगन्ज महानगरमा ८४ हजार भन्दा बढी मत खसेको थियो ।

पछिल्लो मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजयी सरावगीले १८२३१ मत प्राप्त गर्नुभएको छ । भने काग्रेसका अजयकुमार द्विवेदीले १६४९१ मत सहित उहाँलाई पछ्याईरहनुभएको छ ।

राजपाका राजेशमान सिंह ११००१ , नेकपा एमालेका बसुरुद्दिन अन्सारी ८१८६, माओवादी केन्द्रका रहबर अन्सारी ७९३३ र फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार विमल श्रीवास्तवले ७७६२ मत पाउनुभएको छ ।

उपमेयरमा भने नेपाली काग्रेसको अग्रता छ । काग्रेसका शान्ति कार्कीले १८८८६ मत सहित अग्रता लिईरहनुभएको छ । संघीय समाजवादी फोरमका पिंकी यादव १७५३० मत सहित कार्कीलाई पछ्याईरहनुभएको छ ।

अब विरगन्ज सहित बाराको कलैया उपमहानगरपालिका,र सप्तरीको राजविराज नगरपालिकाको मत परिणाम आउन बाँकी छ ।

प्रदेश नम्बर दुईका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३३ स्थानीय तहको मतपरिणाम सार्वजनिक भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ