काठमाडौ ,१० असोज ।
तेस्रो चरण अन्तरगत निर्वाचन भएका प्रदेश नम्बर दुईका १ सय ३६ स्थानीय तहमध्ये ३ स्थानको मतपरिणाम आउन बाकीँ छ ।
हालसम्म १ सय ३३ स्थानीय तहको मतपरिणाम सार्वजनिक भईसकेको छ । अब पर्साको विरगन्ज महानगरसहित, बाराको कलैया उपमहानगरपालिका,र सप्तरीको राजविराज नगरपालिकाको मत परिणाम आउन बाँकी छ ।
हालसम्म सार्वजनिक मतपरिणाम अनुसार शिर्ष स्थानमा रहेको नेपाली कांग्रेसले ३९ स्थानमा जीत हासिल गरेको छ ।
संघिय समाजवादी फोरम नेपाल २५ स्थानमा जीत हासिल गरेको छ भने राष्ट्रिय जनता पार्टी २४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्रले २१ स्थानमा जीत हासिल गरेको छ भने १८ वटा स्थानमा नेकपा एमाले विजयी भएको छ ।
यस्तै ३ स्थानको प्रमुख पद फोरम लोकतान्त्रिकले जितेको छ भने २ स्थानको प्रमुख पदमा नेपाली जनता दल र एक स्थानमा नयाँशक्ति पार्टी विजयी भएको छ । मतगणना जारी रहेका तीन स्थानमध्ये एक स्थानमा संघिय समाजबादी फोरम , एकमा एमाले र एकमा राजपा को अग्रता छ ।
मतगणना जारी रहेका मध्ये विरगन्ज महानगरपालिकामा संघिय समाजवादी फोरमले अग्रता कायम राखेको छ ।
फोरमका विजयीकुमार सरावगीले १६३४९ मत प्राप्त गर्नु भएको छ । दोस्रो स्थानमा रहनु भएका नेपाली कांग्रेसका अजय द्धिवेदीले १५१०४ मत पाउनु भएको छ भने राजपाका उमेदवार राजेशमान सिंह ९९४२ मतसहित तेस्रोमा छ ।
एमालेका बसरुद्धिन अन्सारीले ७५२० मत पाउनु भएको छ भने माओवादी केन्द्रका रहबर अन्सारीले ७४९८ मत पाउनु भएको छ ।
यस्तै कलैया उपमहानगरपािलकामा एमालेका विनोदप्रसाद शाह १०६३१ मत सहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई काग्रेसका राजेस यादबले १०५६१ मतका साथ पछ्याईरहनुभएको छ ।
सप्तरीको राजविराज नगरपालीकामा राजपाका शम्भु प्रसाद २०२० मतका साथ अगाडि हुनुहुन्छ । उहाँलाई संघिय समाजबादी फोरमका भिमराज यादबले १७०१ मतका साथ पछ्याईरहनुभएको छ ।