संघ र प्रदेशको निर्वाचन तयारीमा जुटे दल,यस्तो छ मतदाता तान्ने योजना

संघ र प्रदेशको निर्वाचन तयारीमा जुटे दल,यस्तो छ मतदाता तान्ने योजना

  • मङ्लबार, अशोज १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, १० असोज ।
स्थानीय तह निर्वाचन सकिएसँगै राजनितिक दलहरु आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको तयारीमा समेत जुटेका छन् ।

नयाँ संविधानबमोजिम पहिलो पटक हुने प्रतिनिधिसभा (संघ) र प्रदेशसभाको निर्वाचनका लागि दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् भने आन्तरिक तयारी पनि शुरु गरेका छन् ।

संविधानबमोजिम आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । आगामी मंसिर १० गते र २१ गते दुई चरणमा हुने संघ र प्रदेशको निर्वाचनका लागि दलहरु मतदातालाई आआफ्ना पक्षमा तान्ने योजनाका साथ चुनावी तयारीमा जुटेका छन् ।

पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा ३२ र दोस्रो चरणमा पहाडी र तराई– मधेसका ४५ जिल्लामा निर्वाचन हुनेछ । यही बीचमा बडादशैँ, तिहार, छठ र नेपाल संवत् जस्ता महत्वपूर्ण चाडपर्ने भएकाले दलहरुले ती पर्वलाई पनि चुनावमा उपयोग गर्ने बताएका छन् ।

निर्वाचनका लागि सरकार र आयोगले प्राविधिक, व्यवस्थापकीय र सुरक्षाको तयारी गरेको छ । दलहरुले भने उम्मेदवार चयन र प्रचार प्रसारको तयारीलाई अगाडि बढाएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले पार्टीको गाउँ नगर र जिल्ला एकाइबाट संस्थागत रुपमा यही असोज १७ गतेभित्र नामावली आएपछि उम्मेदवारी चयनमा लाग्ने बताउनुभयो ।

नेकपा (एमाले) पनि स्थानीय तहमा पाएको सफलता जस्तै संघ र प्रदेशमा पनि प्राप्त गर्ने गरी तयारीमा जुटेको छ । पार्टीको भर्खरै सम्पन्न केन्द्रीय कमिटीको आठौँ बैठकले निर्वाचन परिचालन कमिटी बनाई चुनावी तयारीमा लागेको छ ।
एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले पार्टीको केन्द्रीय कमिटी बैठकले निर्वाचनको समग्र परिचालन र उम्मेदवार चयनमा ध्यान दिई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न सबै नेता कार्यकर्तालाई आह्वान गरिसकेको बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) पनि संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटिसकेको छ । केन्द्रका प्रवक्ता पम्फा भुसालले जिल्लाबाट नै उम्मेदवारको नामावली सिफारिस भएर असोज १६ गतेभित्र केन्द्रमा आउने जनाउदै निर्वाचन तयारी कमिटी गठन गरेर अघि बढ्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ