प्रदेश नम्बर दुईमा मतगणना अन्तिम चरणमा : कहाँ कस्ले जित्यो ?

प्रदेश नम्बर दुईमा मतगणना अन्तिम चरणमा : कहाँ कस्ले जित्यो ?

  • आइतवार, अशोज ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ८ असोज ।
तेस्रो चरण अन्तरगत प्रदेश नम्बर दुईमा गत सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना लगभग अन्तिम चरणको पुगेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन भएका १ सय ३६ स्थानीय तहमध्ये हालसम्म दुई उपमहानगरपालीका सहित १ सय २५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको गणना अनुसार शिर्षस्थानमा रहेको नेपाली कांग्रेसले ३७ स्थानमा जीत हासिल गरेको छ ।

माओवादी केन्द्रले २० स्थानमा जीत हासिल गरेको छ भने २३ वटा स्थानीय तहमा संघिय समाजवादी फोरमले जीत हासिल गरेको छ । २३ वटा स्थानीय तहमा राष्ट्रिय जनता पार्टीले जितेको छ । नेकपा एमाले १६ स्थानमा विजयी भएको छ ।

यस्तै ३ स्थानको प्रमुख पद फोरम लोकतान्त्रिकले जितेको छ भने २ स्थानको प्रमुख पदमा नेपाली जनता दल र एक स्थानमा नयाँशक्ति पार्टी विजयी भएको छ । निर्वाचन भएका मध्ये अब ११ स्थानको मात्र मतपरिणाम आउन बाँकी छ ।

मतगणना जारी रहेका मध्ये ३ स्थानमा कांग्रेसको अग्रता छ भने ३ स्थानमा एमाले र एक स्थानमा माओवादी केन्द्र अगाडि छ । एक स्थानमा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको छ । संघिय समाजवादी फोरमले ३ स्थानमा अग्रता लिएको छ ।

मतगणना जारी रहेका मध्ये विरगन्ज महानगरपालिकामा संघिय समाजवादी फोरमले अग्रता कायम राखेको छ । मतगणना सस्त गतिमा चलिरहेको छ । हालसम्मको परिणाम अनुसार शिर्ष स्थानमा रहेका फोरमका विजयीकुमार सरावगीले ९९४६ प्राप्त गर्न भएको छ ।

नेपाली कांग्रेसका अजय द्धिवेदी ९८२८ मतसहित फोरमका सरावगीलाई पछ्याइरहनु भएको छ । तेस्रो स्थानमा रहेका राजपाका उमेदवार राजेशमान सिंहले ६९३९ मत पाउनु भएको छ ।

एमालेका बसरुद्धिन अन्सारीले ४ हजार ९ सय ३१ मत पाउनु भएको छ भने माओवादी केन्द्रका रहबर अन्सारीले ४ हजार ४ सय ७५ मत प्राप्त गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ