८ असोज, काठमाडौं ।
जनकपुर उपमहानगरपालीकामा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । मेयरमा लालकिशोर साह र उपमेयरमा पनि राजपाकै रीता झा विजयी हुनुभएको छ ।
लालकिशोर साहले २१ हजार २ सय ७७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज साहले १० हजार ६३९ मत ल्याउनु भएके छ ।
यस्तै उपमेयरमा रीता झा १६ हजार ६१७ मतसहित विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी निलम कुमारी कर्णले १० हजार १०९ मत प्राप्त गर्नुभयो ।
उपमहानगरमा २५ वटा वडा रहेकोमा १२ वटामा राजपा, ७ मा कांग्रेस, तीनवटा वडामा संघीय समाजवादी फोरम नेपाल, दुई वटा वडामा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline