नयाँ शक्तिले पनि खाता खोल्यो : कहाँ कहाँ कस्ले जित्यो ?

नयाँ शक्तिले पनि खाता खोल्यो : कहाँ कहाँ कस्ले जित्यो ?

  • शनिबार, अशोज ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ७ असोज ।
प्रदेश नम्बर दुईमा भएको स्थानीय तह निर्वाचनमा नयाँशक्ति पार्टीले पहिलो जीत हासिल गरेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका प्रमुख नयाँशक्ति पार्टीका सुर्यनारायण मण्डलले जीत हासिल गर्दै प्रदेश नम्बर दुईमा खाता खोलेको हो ।

मण्डलले २ हजार ८०५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाका विमलदेवी यादवले १ हजार ३८५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा भने राजपाका उषाकुमारी मण्डल १ हजार ७१० मतसहित विजयी हुनुभएको छ ।

सिरहाको गोलबजारमा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४ सय ४३ मत ल्याई विजयी हुनुभयो । निकटतम प्रतिद्वन्द्वी एमालेका श्याम कुमार श्रेष्ठले ५ हजार ८९ मत प्राप्त गर्नुभयो ।

सिरहाकै बरियारपट्टी गाउँपालिका प्रमुखमा संघीय समाजवादी फोरमका सन्तोष कुमार महतो विजयी हुनु भएको छ । उहाँले ३ हजार ७९ मत पाउनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी कांग्रेसका बालेश्वर यादवले २ हजार ८८१ मत पाउनुभयो ।

सप्तरीको सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका मुक्तिनाथ चौधरी ५ हजार २७९ मतसहित मेयरमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामनारायण चौधरीले ५०३६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै सप्तरीकै बोदे बरसाइन नगरपालिकामा संघीय समाजवादी फोरमका आतेश कुमार सिंह ४ हजार ५४७ मतसहित विजयी हुनुभएको छ । उपमेयरमा रञ्जुकुमारी साहले ३७२१ मत ल्याएर विजयी हुनुभएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा राजपाका महेन्द्र महतो ३ हजार ७६१ मत ल्याएर प्रमुखमा विजयी हुनुभएको छ । उहाँले कांग्रेसका उम्मेदवार श्यामसुन्दर सिंहलाई १ हजार १४६ मतले पराजित गर्नुभएको हो ।

सिंहले २ हजार ६१५ मत ल्याउनुभएको छ । उपप्रमुखमा पनि राजपाकै बिनाकुमारी ३ हजार ६३६ मतसहित विजयी हुनुभएको छ ।

बाराको सुवर्ण गाउँपालिका प्रमुखमा संघीय समाजवादी फोरमका महेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले ३ हजार ६५ मत पाउनु भएको छ भने उहाँका निकतम प्रतिद्धन्द्धी कांग्रेसका राजेश यादव २ हजार ६९० मत पाउनु भयो ।

उपप्रमुखमा फोरमकै बबिता यादव ३ हजार ४७५ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका रामतीदेवी यादवले १ हजार ९८७ मत ल्याउनुभयो । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कांग्रेसका गोपाल राय यादव विजयी हुनुभएको छ ।

उहाँले ३ हजार ९९ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेन्द्र यादवले २ हजार ९ सय ८६ मत पाउनुभयो । उपमेयरमा भने माओवादी केन्द्रका कान्तिदेवी महतो ३ हजार २०३ मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तै, रौतहटकै दुर्गा भगवती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अरुण शाह २ हजार ७४१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राजपाका रातिनाथ झाले १ हजार ९३२ मत प्राप्त गर्नुभयो ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका विक्रम यादव ३ हजार २१६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राजपाका कृष्णकुमार यादवले ३ हजार १४८ मत ल्याउनुभयो ।

उपप्रमुखमा पनि माओवादी केन्द्रकै बसोधादेवी यादव विजयी हुनुभएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका राजपाका सतिस कुमार सिंह २९८७ मत ल्याएर गाउँपालिका प्रमुखमा विजयी हुनुभएको छ ।

धनुषाको कमलामाई नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका रामउदगार गोइत ४ हजार २० मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका पशुपति यादवले २६९७ मत प्राप्त गर्नुभयो ।

धनुषाकै नगराईन नगरपालिकामा नेपाली कांग्रेस नै विजयी भएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका प्रमेश्वर साह ५ हजार २९ मत ल्याइ विजयी हुनुभएको हो । यस्तै विदेह नगरपालिकाको मेयर र उपमेयरमा भने माओवादी केन्द्र विजयी भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा एमालेका मानबहादुर खड्का विजयी हुनुभएको छ । खड्काले ८ हजार ९४९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका इन्द्र योन्जनले ५ हजार ६ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

सप्तरीको बलान बिहुन गाउँपालिकामा संघीय समाजवादी फोरमका दयानन्द गोहित २ हजार २ सय ३८ मतसहित विजयी हुनु भएको छ । उपप्रमुखमा फोरकै रुबी गुप्ता १ हजार ८०२ सय मतसहित विजयी हुनुभएको छ ।

धनुषाको मिथिला नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका हरिनारायण महतो ६ हजार ७ सय ४० मतसहित मेयरमा विजयी हुनु भएको हो । उहाँका निकटमत प्रतिद्धन्द्धी कांग्रेसका राजकुमार महतोले ५ हजार १७८ मत पाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ