कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान फस्ट रनर अप बने भने प्रताप दास सेकेण्ड रनर बने ।
पोखराका बुद्धले उपाधिसँगै २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । त्यस्तै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।
फण्ट रनर निशानले १५ लाख रुपैयाँ नगद हात पारेका छन् भने प्रतापले १० लाख रुपैयाँ जितेका छन् । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो ।
आयोजकले सार्वजनिक गरेअनुसार जम्मा ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ जनाले भोट गरेका छन् । जसमा बुद्धले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएका हुन् ।
अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो । यो भोट नेपालको जनसंख्याको झण्डै तीन गुणा बढी हो ।