मन्त्री बलायरको प्रश्न , ५० प्रतिशत दुर्घटना घटाउने अनी के ५० प्रतिशतलाई मर्न दिने ?

मन्त्री बलायरको प्रश्न , ५० प्रतिशत दुर्घटना घटाउने अनी के ५० प्रतिशतलाई मर्न दिने ?

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाण्डौ , ६ असोज ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरले सवारी दुर्घटनालाई पूर्ण रुपमा दुर्घटना न्युनिकरण गर्नेतर्फ सरकारले कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

ड्राईभिङ स्कुल संघ नेपालले आज धुम्बाराहिमा आयोजना गरेको दशै , तिहार , न्युदयाभिन्तुना तथा छठ पर्वको उपलक्षमा आयोजित शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बलायरले यातायात क्षेत्रलाई सुरक्षीत राख्न सरकारले ठोस योजना ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो , सरकारले यो बर्ष सवारी दुर्घटनालाई ५० प्रतिशत कम गर्ने भनेको छ । के अरु ५० प्रतिशतलाई मर्न छोडिदिने ? त्यसैले दुर्घटना पूर्ण रुपमा न्युनिकरण हुनुपर्छ ,सोहि अनुसार सरकारले योजना बनाएर कदम चाल्न पर्छ ।

उहाँले सरकारसँग दुई महिनामा उपत्यकाका सबै सडक चिल्लो पार्न सक्ने हैसियत भएपनि संबैधानिक तथा अदालतको बाध अड्चनका कारण सम्भव नभएको बताउनु भयो । उहाँले भन्नुभयो , सडक बिस्तार होस् या मर्मत अदालतमा जान्छ अनि रोकिन्छ कसरी हुन्छ त सडकको किस्तार र स्तरउन्नती ?

स्थाई सरकारको अभावमा पनि विकासनिर्माणका कामले गति नलिएको भन्दै उहाँले अब स्थानीय तहको निर्वाचन सकिएकाले स्थानीय सरकारले विकास निर्माणका कामलाई गति दिने प्रष्ठ पार्नुभयो ।

मन्त्री बलायरले हालै मात्र साढे सात लाख स्मार्ट कार्डको ठेक्का स्वीकृत गरेको जानकारी दिँदै भन्नुभयो , यातायात व्यावस्था विभागलाई थप ५० लाखको स्मार्ट कार्ड छाप्ने गरि प्रस्ताव ल्याउन निर्देशन दिएको छु यदि विभागले सक्दैन भने निजी क्षेत्रलाई दिएर भएपनि काम अघि बढाउनुपर्छ ।

उहाँले ड्राईभिङ क्षेत्रलाई नियमन गर्न सबै व्यावसायीलाई एकरुपताका साथ समान रुपमा हेर्ने र व्यावसायीले पनि दम्भ नराखेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा राष्ट्रिय यातायात महासंघका महासचिव सरोज सिटौला , ड्राईभिङ स्कुल संघ नेपालका अध्यक्ष रामचन्द्र श्रेष्ठ लगायतले आ आफ्नो धारणा राखेका थिए ।
सोहि कार्यक्रममा संघले मन्त्री बलायरलाई ९ बुदे ज्ञापनपत्र पनि दिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी