कविता– दसैँ

 कविता– दसैँ

  • बिहिबार, अशोज ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

 

 

 

 

 

 

 

 

 

– अशोक कुँवर ‘नेत्र’

लुट्न कस्सिरहँदा दैत्यका सेना
उदण्ड हुँदा दैत्य शासक
जनतालाई दास ठान्दै
जन्मौँको उत्साह निचोर्छन्
जनता खुम्चन बाध्य हुन्छन्
बुट्यान र पोथ्राहरूमा ।

इदिअमिनलाई अस्तित्वमा ल्याउन
भुलभुलैमा उत्तर आधुनिक सुकरातहरू
जनतालाई नै भुलाउन माहिर हुन्छन्
त्यति बेला
जनताको आदि शक्ति
जागृत हुन करै लाग्छ
सुरु हुन्छ
जनक्रान्तिको घटस्थापना ।

लिलामी बजारमा
ताल्चा मारेर
सदाचार, स्वतन्त्रता
बन्दकी राखिएपछि,
राष्ट्रिय स्वाधीनताको
नाक कान छेँडेर
चौकीमा खाँदिएपछि,
विद्रोहको नवरात्रि सङ्घर्ष चल्छ,
सडकमा
मानिससँग मानिस बगारेर उर्लन्छन्
दसैँ करेसा बारीबाट उक्लिएर
एक खुड्किलो
भित्रन्छ जनताको घरघर ।

अब मुक्तिको मात्रै इच्छा रहन्छ
चुँडालेर परतन्त्रको सिक्री
स्वाधीन पार्ने अभिलाषा हुन्छ
दैत्य शासकको अन्त्य गरेर
निर्मूल पार्न राक्षस राज्य
आराधना गरिन्छ–
जनताको हरघरमा
अनि
जगाइन्छ नवदुर्गा ।

जनताको दुक्खबाटै
जन्मन्छिन्– दुर्गा
दुर्गाको आगमनले
खुसी हुन्छन्– जनता
सप्तमीमा मारिन्छन्–
राक्षसका सेनाहरू
अष्टमीमा अन्त्य गरिन्छ
दैत्य शासक
नवमीमा समाप्त पारिन्छन्
उत्तर आधुनिक सुकरातहरू ।

इदिअमिन
रोक्न सफल बन्छन् जनता
दशमीमा राक्षसका सेना
उदण्ड शासक,
कथित सुकरातको वध गरेकामा
मनाइन्छ दसैँ
लगाइन्छ रातो टीका, पहेँलो जमरा ।

  (कवि प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य हुन् ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी