-सुजन तिमल्सिना
संघीय संरचना सहितको नयाँ संविधान बनेपछि स्थानीय तह र प्रदेशमा धेरै अधिकार छन् । स्थानीय तहको निर्वाचनको तेस्रो चरण अशोज २ गते प्रदेश नं. २ मा हुँदैछ । प्रदेश र संघको चुनावी मिति घोषित छन् । संविधानमा संघबाट प्रदेश र स्थानीय तहमा अधिकारी धेरै दिएपनि आवश्यक कानुन नहुँदा देशको राजधानी काठमाडौँ पनि पहिलेजस्तै राजनीतिको राजधानी भएकै छ । स्वतन्त्र बिस्लेषक भनिएकाबाट बिष्लेषण सुन्दा भने दलको भाषण जस्तै हुन्छ । दलका नेताको भाषणको पछाडि कुदेर हामी पत्रकारले संकलन गरेको समाचार सुन्ने दर्शकहरु दिक्क देखिन्छन् । राजनीतिक दलको आश्वासनले जीवनमा कुनै परिवर्तनको अनुभुति नपाएर दिम्क भएका जनताको फरक बहसले काठमाडौँ रक्सि खाएको १६ वर्षे युवक झै झ्याप भएको छ । त्यो बहस हो हेल्मेट शिक्षक, घण्टे चिकित्सक र बोक्रे पत्रकारीता । जनताको चेतनास्तर मेरो भन्दा बढी भएर होकी राम्ररी सुन्ने समय नभएर, मलाई राजधानीका चिया पसल, सडक यात्रा र फुटपातका पसलमा गरिदैँ आएको यस्तो बहस सुरुमा बुझ्न ग्राह्रोे भो । काठमाडौँबाट धेरै टाढा इलाममा बसेर पत्रकारीताको नाममा दुई चार समाचार भनिने सामग्री पठाउने मलाई राजधानीमा लामो बसेर सबै बुझ्न खर्चले धान्ने कुरै भएन । तर, २०७४ बैशाख पछि कामको सिलसिलामा मेरो काठमाडौँ यात्रा धेरै भयो र बसाई पनि । अनि बुझ्ने अवसर पाए चिया पसल, फुटपातको पसल र सडक यात्रामा सुनिएको हेल्मेट शिक्षक, घण्टे चिकित्सक र बोक्रे पत्रकारीता ।
२०७४ को बैशाखमै मेरो पहिलो काठमाडौँ यात्राका क्रममा हेल्मेट शिक्षकको कथा सुनियो । हुनत राजधानिका शिक्षित वर्गमा हेल्मेट शिक्षकको बहस भएको एक दशक बढी भएको रैछ । उच्च शिक्षाका लागि काठमाडौँ गई अध्ययन सँगै शिक्षण संस्थामा अध्यापन गरेर गाउँमै फर्किएकाको मुखबाट मैले राजधानी बाहिर पनि धेरै सुनेको थिए । त्यसपछि सडकमै सुनिएको चै राजधानीकै सडकमा हो । सयौँ बन्दुकधारी सुरक्षाकर्मीको घेराभित्रबाट शासकले शासन गर्ने सिंहदरबारमा घेरिएको इटा पर्खालको पारि सागको मुठा बेच्ने नवाकोटाकी एक सब्जिवालीको मुखबाट मज्जलै सुनियो । मैले सागको मुठा हातमा लिएँ । सागसँग साट्न ठिक्क पारेको २० रुपैयाँ दिएको मात्रै के थिएँ सब्वीवालीको मुखबाट फुत्त निस्कियो आजको कमाई चै हेल्मेट मास्टरलाई दिनुछ । कुरा निकै चाखपूर्ण लाग्यो । सब्जीवालीलाई हेल्मेट शिक्षक भनेको भन्या के हो मात्रै सोधेको थिए । उत्तर आइहाल्यो । बाइकमा आएका मास्टर हेल्मेट नबिसाई नानिलाई ए,बि,सि,डी पढाएर घण्टा नबित्नै छिमेकीको घरमा जान्छन् । छिमेकीको नानीलाई पनि त्यसैगरि ए,बि,सि,डी रट्न लगाउँछन् ।
सडकमा सब्जी बेचेर कमाएको पैसा महिना नपुग्दै शिक्षकलाई पारिश्रमीक स्वरुप दिएपनि छोराको पढाइ १९ को २० नभएपछिको आक्रोस पोख्नु रैछ, “हेल्मेट शिक्षक” । काठमाडौँ महङ्गो बसाइ, ठुलो मान्छे बनाउन आफ्नो भाषालाई मुटु मिचेर लत्याउँदै अग्रेजको पछि लाग्न बाध्य भएर बोर्डिङ्गमा छोरो भन्दा एक फिट अग्लो झोला चार केजी बढीको भार र महिनापिच्छे आउने सुल्क तिर्न नसक्दाको पिडा रैछ सव्जीवालीको । त्यति मात्रै नभएर बिहान उठ्ने बित्तिकै छोराका लागि ट्युसन नामको फेसनको पछि लाग्न बाध्य भएकी सब्जीवाली दिक्क भएकी रैछिन् । शासक बस्ने तर सरकार नभएको अनुभुति दिने काठमाडौँको सानो डेरामा बसेका मेरो साईलो दाईको कोठमा कोचिएर बसेको म भोलिपल्ट अनानगरको चिया पसलमा पसे । घडिमा बिहानको साढे नौ बज्दै थियो । ३० वर्ष पुगेको देखिने दुुई युवक चिया पसलमा छिरेर साहुनीलाई चिया मागे । चियाको चुस्कि लिँदै गर्दा मरो कानमा एउटा आवाज पर्यो, हैरान भइयो बिहानभर चार वटा कलेजमा क्लास लिइन्छ, खर्च धान्नै गह्रो भो ।
त्यतिकैमा अर्का युवकले मुख फेरे, म दिनमा सात वटा कलेज भ्याउछु । हेल्मेट लगायो खुर्र एक कलेजबाट अर्को कलेज गयो,बेलुका आयो खानपिन पछि सुत्यो, बिहान उठ्यो हेल्मेट टिपो कुद्यो । अब त गाउँमै अधिकार आयो भन्छन्, काठमाडौँमा कमाईले धान्नै गाह्रो छ । दशैपछि गाउँ फर्की घरकै खाएर भ्याउने जब गर्नुपर्ला, युवकले थपे । सब्जीवालीको कुरा र कलेज पढाउने युवकको कुराले प्रष्ट भयो हेल्मेट शिक्षकको कथा । उच्चशिक्षा अध्ययनका लागि छिरेका युवाले पेट पाल्न गर्नुपर्ने सर्घष र आफ्नो दुःख नयाँपुस्ताले नपाओस् भनेर राजधानीमा छोराछोरी पढाउँदाको संर्घषपछि पनि सन्तुष्टि नहुँदाको पिडाबाट सब्दकोषमा थपिएछ “हेल्मेट शिक्षक” ।
नेपाल भनेको काठमाडौँ मात्रै हो भन्ने अनुभुति हाम्रा राजनेता प्रशासक र आफुलाई ठुलो मान्ने स्वविद्धवानमा छ । त्यही भएर होला कुल बजेटको ३० प्रतिशत बढी काठमाडौँ वरिपरि मात्रै छरिन्छ । सडक सुविधा, खानेपानी, शिक्षा, स्वास्थ्य विकास गर्नु भनेको काठमाडौँमा मात्रै हो भन्ने छ अहिलेपनि । काठमाडौँको खाल्टोमा सबैखाले मान्छेको बसोबास हुने भैहाल्यो । पूर्वी नेपालको मेरो घर वरीपरिको समाजले पनि राम्रो उपचार, शिक्षाका लागि विराटनगर सम्झन्छ, अझ राम्रो काठमाडौँलाई मान्छ र राम्रो खोज्ने नाममा छोराछोरीलाई बिदेशका विश्वविद्यालय पठाउँछ । उच्चशिक्षा अध्ययनको भन्दा स्वास्थ्यको अनुभव फरक भोगेका छन् नेपालीले । बिरामीको सास रहुन्जेल आस हुन्छ परिबारमा । डाक्टरले आफु किन जोखिम मोल्ने भनेर ठुला अस्पतालका नाममा रिफर गरेपछि कागज बोकेर घुम्दा घरबारीनै बेच्न बाध्य भएका नेपालीको मुखमा घण्टे डाक्टरको चर्चा छ । निजी क्षेत्रका अस्पताल तथा औषधि बिक्रि गर्ने पसलमा धाउने डाक्टरहरु पनि अहिले काठमाडौँका सरकारी अस्पतालमा लागु भएकै छ । निजी एक अस्पतालमा बिरामको प्रेसर हेर्दै गर्दा अर्को अस्पतालको सम्पर्क कक्षबाट फोन बच्छ डाक्टरसाब कतिखेर आउने । बिरामीलाई हतार डाक्टर झन् हतारमा ।
यस्तो दबाबमा रहेका डाक्टरले दिएको औषधिले निको नभएपछि हैरान भएका बिरामीको मुखमा झुण्डिएको छ, “घण्टे डाक्टर” । मरो भोगाई पनि त्यस्तै भो । काठमाडौँमा रहँदा मेरो ढाड सिर र पैतालबाट छुट्टिएर जाला जस्तो गरि दुख्यो । उपचारका लागि गए वीर अस्पतारको ट्रमा सेन्टर । सेन्टरमा पुगेर टिकटका लागि लाइनमा बस्न नसकेपछि अर्कैलाई टिकट कटाए । बिहान सात बजे पुगेपनि लामो लाइनले गर्दा आठ बजे टिकट हाता लाग्यो, अनि डाक्टर आए ११ बजे । पालो नं. आठ थियो । आफ्नो पालो आएपछि डाक्टरकोमा गएँ । समस्या सुनाएपछि डाक्टरले औषधि लेखे, रगतको जाँच गरेर अर्को हप्ता रिपोट हेर्न देखाउन आउने । ढाडको समस्या भएकाले ह रे वा एमआरआई गर्नुपर्ला भनेको त रगतको जाँच गर्नुपर्यो । ३ बजे रगतको रिपोर्ट आयो डाक्टरले अर्को हप्ता आउनु भनेकाले म परे फसादमा । रिपोर्ट देखाउन मैले निजी मेडिकलमा ५ सय दिएर अर्को डाक्टरलाई देखाएँ । फेरि सुनाएँ उही कथा । डाक्टर भने ढाडको समस्या भएको मान्छेको त हरे गर्नुपर्ने हो कीन भएन । मेडिकलका डाक्टरले भने सायद हरे गरेपछि समय खर्चेर बिरामीलाई हेर्नुपर्छ भन्ने लाग्यो होला । अनि थाहा भयो घण्टे डाक्टरको कथा । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएर हुलदङ्गा भएका घटना प्रशस्त छन् । सायद तनावका बिच दिनभरमा बोलाउट भएका सबै अस्पताल भ्याउने डाक्टरका कारण होला ।
सरकारी अस्पतालका डाक्टरलाई आफ्नो लगानीको अस्पताल र करारनामा गरेको अस्पताल भ्याउने चिन्ता, बिरामीलाई उपचार गर्न ल्याएको खर्च सकिने चिन्ता । यस्तै कारणले स्वास्थ्य क्षेत्रमा मरेदण्ड मानिएका डाक्टरहरुका अगाडि “घण्टे” शब्द थपिएको छ । काठमाडौँमा उपचारका लागि गएका बिरामीलाई थोरै डाक्टरले मात्रै पेशा, काम, साधन चलाउने की भारी बोक्ने, खानेकुरा के खाने गरेको छ, हावापानी चिसो की तातो, ठाउँ सोध्ने र सिरदेखि पैतालाको सम्मको शारिरिक बनोट हेरेर मात्रै औषधि चलाउने गर्छन । ती डाक्टरले डेढघण्टा बिरामीको इतिहास लिएर थोरै औषधि चलाउँछन् । धेरै चै आफ्नो अध्ययनको लगानी उठाउन धेरै अस्पतालमा काम गर्दै आएका डाक्टरले बिरामीको समस्या पुरै नसुनिकन थाहा भसक्यो भनेर एकझोला औषधि दिन्छन् । बिरामी औषधि लिएर जान्छन् । कतिको ठिक हुन्छ कतिको हुदैन । अनी घरको जाएजेथा बेचेर अस्पतालको चम्किलो बोर्ड र ठुलो घर हेरेर बिरामी प्रबेश गर्छ । फेरि भेट हुन्छ उस्तै डाक्टर । सरकारी अनुगमनको कमी र महङ्गो अध्ययनका कारण अहिले नेपालको स्वास्थ्य क्षेत्रले सेवाको लिग छोडेको छ । नेताका अस्पताल, पार्टीका अस्पताल, व्यापारीका अस्पताल भएपछि त्यही बिषय बढेका डाक्टरका अस्पताल नहुने कुरै भएन । अस्पताल खोलेर सेवाभावले सुविधा दिनु राम्रो हो तर व्यापारै गर्नुले स्वास्थ्य क्षेत्रको लिग सरकारको पञ्जाबाट पनी उम्किसकेको छ । सरकारी अस्पतालमा सुल्क पनि लाग्दैन र जटिल रोगको उपचार पनि हुँदैन । यी रिफर सेन्टरका रुपमा छन् ।
नीजि अस्पतालको कुरा हो । अस्पताल हो एमालेका नेताको सक्रियतामा खोलिएको मनमोहन सामुदायीक अस्पताल विर्तामोड । नाताले बुहारी पर्ने मेरा आफन्त बिरामी भएर उपचारका लागि पुर्याइयो । ज्वरो आउने समस्या भएर अस्पताल पुर्याएको तीनदिनमा अस्पतालबाट झण्डै मुर्दा ल्याउनुपर्यो । उपचारमा संलग्न डाक्टरलाई सोध्यो कुनै उत्तर छैन र रेफर पनि दिँदैन अस्पताल । ठुलै बल लगाएर रिफर गरि उपचारका लागि लोबेल अस्पताल विराटनगर पुर्याइयो । पछि थाहा भयो बिरामीलाई टाइफाइट भएको रैछ । एक सय वेडको मोनमोहन अस्पतालमा रहेका डाक्टरले रगत जाँच गरेको भए त्यो सहजै थाहा हुन्थ्यो । उनले औषधि मात्रै ओइर्या । नेपाली समाजमा पनि पत्रकारीताको थोरै राम्रो र धेरै चै नराम्रो चर्चा सुनिन्छ । पत्रकारका अगाडि राम्रो भनेपनि गाउँघरदेखि सहरसम्म वरिपरि पत्रकारीताको कुरा उठ्यो भने चर्चा राम्रो नहुँदो रैछ ।
पेशाले म पनि पत्रकारीता भन्ने मान्छे र प्रेश लेखेको टिसर्ट लगाएर धेरै हिड्छु । केहि समय अघि विर्तामोडदेखि इटहरी जाने क्रममा प्रेश लेखेको टिसर्ट लगाएको थिए । गाडि चढेको एकछिन पछि ६० कटेका एक यात्रु भने बाबु पत्रकार । मैले भने, हो । कति वर्ष भयो । मेरो उत्तर थियो । हक्कर, कब हुदै समाचारदाता भएको सबै जोड्ने हो भने १४ वर्ष भयो । निकै अध्ययनशिल देखिने ती यात्रुले सरल भाषमै भने अहिले म पत्रपत्रिकामा प्रकासित समाचारको विश्वास कम गर्न थालेको छु । मैले किननी भने । उनले उत्तर दिइहाले अहिलेका पत्रकारले अध्ययन कम गर्छन् र सतही समाचार मात्रै लेख्छन् । मैले पत्रकारका समस्या तेर्स्याएर उनको जिज्ञासा मेटाए । राष्ट्रको चौथो अंग मानिएको पत्रकारीतामा पनि पछिल्लो समय आकर्षण बढ्यो । आकर्षणसँगै संचारमाध्यम पनि खुले र पत्रकारको संख्या पनि बढ्ेसँगै चुनौती पनि धेरै छन् । अहिले संचारसंस्था स्थापना हुने बाढी नै छ । त्यसमा पनि पार्टीपिच्छेका । संचारसंस्थाका नलानीकर्ता विभाजित भएपछि पत्रकार पनि पार्टी संगठनमा विभाजित भएकै छ । मेरो समाचारमा लेखिएको भाषाले कति समेटछ त्यो अरुले जर्ज गर्ने हो ।
तर तीन चार जाना पत्रकार भेला भएको ठाउँमा म मिसिएर संचार नितीको कुरा गर्ने हो भने मेरो राम्रो कुरा भएपनि जसरी अरुले सहमत हुँदैनन् म पनि अरुको राम्रो भएपनि आँखा चिम्लन्छु । यस्तो हुनुको मुख्य कारण निरङ्कुस मानसिकता हो । किनकी आफुले भनेको भएन र आफ्नो नेतृत्वका लागि हामी घरमा चामल किन्ने पैसा ल्याएर चुनावमा बिजयी निश्चित गर्न चालिने कमद नै काफि छ ।
त्यस्तो कदम अहिले हुँदै गरेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनको भन्दा फरक हुँदैन । फरक यति हुन्छकी पत्रकारको चुनावताका होटलमा मात्रै खुवाइपिआइ । तालिम नलिएपनि दूई चारवटा वादका समाचार लेखिएको र वादकै नसाले तानिएर आफ्नो नेतृत्व जसरी स्थापित गर्न खोज्नुले आज नेपाली पत्रकारीता बोक्रे पत्रकारीता भएको छ । वादको मान्छे नेतृत्वमा पुगेपछि त्यही वादका मान्छेलाई दूई चार वटा तालिममा पठाएर, पुरस्कारको सिफारिस गरेर हाम्रो पत्रकारीता बोक्रे भएको हो ।
किनकी यहाँ कामको आधारमा भन्दा पनि वादको आधारमा पुरस्कार र तालिम पाउने भएपछि किन दुरदराजमा गएर अध्ययन गरेर समाचार लेख्नुपर्यो र ? समस्या यहि हो मलाई अचम्मै लाग्छ नेपाल पत्रकार महासंघको केन्द्रिय चुनावका बेला हुने दोहोरीले । खासगरि पत्रकार महासंघको छातामा प्रेश सेन्टर नामको एउटा वाद थपिएपछि यसले दुई ठुला मानिएका प्रेस युनियन र प्रेश चौतारीको नेतृत्वलाई टाउको दुखाई हुन्छ । यस अघिका दुई चुनावमा बाम वादका नाममा सेन्टर र चौतारी नजिकए नेतृत्व गरे ।
व्यवसायीक पत्रकारीताको नाममा जितेका पत्रकारका नेताले मालिककै पक्षपोषण गरेर श्रमजिवीमाथि शासान गरे । वाम गठबन्धन भएका बेला प्रेश युनियनले यहाँ पत्रकार हैन पार्टीका नेता छन् भन्यो । हालैको चुनावमा भन्यो प्रेश चौतारीले पार्टीका नेता चुनाव लड्दैछन् हामी हो व्यवसायीक पत्रकार ।
मैले वाद नसमाई भन्ने हो भने सबै संगठनमा धेरै व्यवसायीक पत्रकार छन् । उनीहरु समाचार बेचेरै छाक टार्छन । तर यहाँ पार्टीबाट सरेको निरङकुताको रुप पत्रकारीतामा आएपछि आरोप प्रत्यारोप चल्ने गरेको हो । त्यस्तो आरोप प्रत्यारोप बुझ्न नसकेपछि स्वभाविक रुपमा पाठक अलमलमा परि हामीलाई बोक्रे पत्रकार भनेका होलान् भन्ने लाग्छ मेरो मस्तिकलाई ।
– sujantimsina7@gmail.com