सुध्रिएला धनुषाको शैक्षिक अवस्था ?

सुध्रिएला धनुषाको शैक्षिक अवस्था ?

  • शनिबार, भदौ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

धनुषा, ३१ भदौ । “पहिला पहिला शिक्षक सरुवा कार्यालय बाहिरबाटै हुन्थ्यो । पछि कार्यालयमा बोधार्थका पत्र आउँदा हामी छक्क पथ्र्यौँ ।” जिल्ला शिक्षा कार्यालय, धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादव भन्नुहुन्छ, “यसमा तपाईंहरु अचम्म नमान्नुहोला कि पछिल्लो समयमा शिक्षा अधिकारी कार्यालयमै भेटिन थाल्नुभएको छ ।”
केही महिना पहिला प्रावि बोरेश्वरबाट राजर्र्षी जनक प्राविमा सरुवा गरिएका ब्रम्ह्देव राउतलाई राजर्षीका प्रधानध्यापक पवनकुमारी सिंहले हाजिर नगराएपछि राउत हाजिर गराइ पाउँ भन्दै शिक्षा कार्यालय धाउन थालेका छन् तर कार्यालयमा राउतलाई सरुवा गरेको भन्ने अभिलेख भेटिएन । जिल्लामा यस्ता उदाहरण धेरै भेटिन्छन् ।
शैक्षिक सुशासनका दृष्टिमा कमजोर मानिने तराईका आठ जिल्लामध्येको एक धनुषामा शैक्षिक गुणस्तर पनि माथि उठ्नसकेको छैन भने शिक्षा कार्यालयभित्रकै अनियमितता र आन्तरिम विवाद पटक÷पटक सार्वजनिक हुँदै आएको छ ।
कतिपय समयमा सुरक्षाका कारणले पनि अधिकारीहरु कार्यालय भन्दा बाहिरबाट काम गर्न बाध्य भएका पाइएका थिए । विद्यालय नै नभएको ठाउँमा बजेट दिने, नियुक्ति नै नभएका शिक्षकका नाममा तलब निकासा गर्ने जस्ता भ्रष्टाचारका मुद्दा पनि यही जिल्लामा भेटिएका थिए भने कतिपय शिक्षा अधिकारीले काटेका पत्रका आधारमा नियुक्तिवाला शिक्षकको विद्यालय र परिचय भेटाउनै मुस्किल पर्दथ्यो ।
विद्यालय व्यवस्थापन समितिमा वषौँसम्म निर्वाचन नहुने र निर्वाचन हुँदा पनि संसद्को निर्वाचन झै दलीय प्रतिस्पर्धा र व्यापक आर्थिक चलखेल पनि यहाँ हुने गुनासो सुनिन्छ ।
जिल्ला शिक्षा कार्यालयमा कुनै समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका यस्ता पत्र आउँथे कि त्यसको जवाफ दिन एक सहायक शिक्षा अधिकारीलाई जिम्मेवारी नै दिइएको हुन्थ्यो । तत्कालीन केही शिक्षा अधिकारी र कर्मचारीमाथिका उजुरी अहिले पनि छानबिनकै क्रममा छन् ।
जिल्लामा अहिले यामबहादुर खड्का नयाँ जिल्ला शिक्षा अधिकारीका रुपमा आएपछि उहाँ कार्यालयमा नियमित देखिन थाल्नुभएको छ । खड्का भन्नुहुन्छ, “पहिला के के भए सबै मलाई थाहा छैन, म अध्ययन गर्दैछु, तर मैले कानून र नियम मिचेर कुनै काम गर्दिनँ, शैक्षिक गुणस्तर र सुशासन कायम गराउनु मेरो पहिलो प्राथमिकता हो ।”
उहाँले स्थानीय तहबाट सामुदायिक विद्यालयका शिक्षकको तलब निकासाका लागि तत्काल प्रक्रिया अघि बढाइएको र शैक्षिक निरन्तरता र सुशासनका लागि जनप्रतिनिधि, शिक्षक र समुदायसँग छलफल गरेर कार्ययोजना बनाउने पनि जानकारी दिनुभयो ।
सहायक अधिकारी यादव निवर्तमान शिक्षा अधिकारी महेन्द्र महतोका पालामा माध्यमिक तहको शिक्षक दरबन्दी मिलानलगायतका केही सकारात्मक सुरुवात भए पनि उहाँले पनि केही शिक्षकलाई होटलमा बसेर सरुवा गरेको आरोप लगाउनुहुन्छ । संस्थागत विद्यालयको अनुगमन र अध्ययन गरेको विषयमा कार्यालयका कर्मचारी अनिल यादवले आफूलाई दुब्र्यवहार गर्दा पनि कारबाही नगरेको यादवको गुनासो छ ।
महतो हाल सिरहामा शिक्षा अधिकारी हुनुहुन्छ । तर महतोले आफूले त्यस्तो काम नगरेको र फाँटवालाबाट आएको टिप्पणी बमोजिम आवश्यकता र कानून हेरेर मात्र सरुवा गर्ने गरेको दाबी गर्नुभयो । दुब्र्यवहार गर्ने कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा चलिसकेकाले आफूले थप कारबाही नगरेको महतोको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी