१० वर्ष्भित्र १२ हजार मेगावाट बिद्युत खपत गर्ने वितरण प्रणाली विस्तार गर्ने

१० वर्ष्भित्र १२ हजार मेगावाट बिद्युत खपत गर्ने वितरण प्रणाली विस्तार गर्ने

  • बिहिबार, भदौ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं , २९ भदौ ।

नेपाल विद्युत प्राधिकरणले अबको १० वर्ष्भित्र मुलुकमा १२ हजार मेगावाटसम्मको विद्युत खपत गर्न सक्ने गरी वितरण प्रणाली विस्तार गर्ने तयारी गरेको छ ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अधिकतम रुपमा देशभित्रै विजुली खपतका लागी प्रमुख शहरी तथा औद्योगिक क्षेत्रहरुमा १२ हजार मेगावाट विजुली वितरण गर्न सकिने सञ्जाल र संरचना बनाउने जानकारी दिनुभयो ।

देशलाई उर्जामा आत्मनिर्भर बनाई जनताको समेत लगानीमा जलविद्युत आयोजनाहरुको दु्रत गतिमा विकास गर्ने जानकारी दिदै उहाँले जलाशययुक्त र पिकिङ आयोजना निर्माणमा विशेष पहल गर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले विभिन्न सम्भावना रहेको पम्प स्टोरेज प्लान्टलाई पनि प्राधिकरणले अघि बढाउने तयारी स्वरुप स्मार्ट ग्रीड र स्मार्ट मिटर प्रणाली लागु गर्न प्राधिकरण लागेको बताउनुभयो ।

आफ्नो १ बर्षे कार्यकालको समिक्षा गर्दै घिसिङले सो अवधीमा अलपत्र अवस्थामा रहेका निर्माणाधिन आयोजनाको कामलाई तीव्रता दिएको, भूकम्पपछि बन्द भएको १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी लगायतका कामलाई पुनस् सञ्चालनमा ल्याएको उल्लेख गर्नुभयो ।

आफु नियुक्त हुनुअघि वर्षातमा दैनिक १२ घण्टा लोडसेडिङ हुने गरेकोमा अहिले औद्योगिक क्षेत्रमा बेलुकाको समय २ देखि ३ घण्टा बाहेक देशैभर लोडसेडिङ अन्त्य भएको उहाँको दाबी थियो ।

घिसिङले आगामी ३ वर्ष्भित्रमा मुलक स्वदेशी उर्जामै आत्मनिर्भर बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी