एक करोड लिटर दूध संकलन

एक करोड लिटर दूध संकलन

  • बिहिबार, भदौ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

 

विराटनगर, २९ भदौ । दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ ।

सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ ।

व्यवसायमुखीभन्दा बढी सेवामुखीका रुपमा सञ्चालित सो संस्थानले सर्वसाधारणबीच दूध बिक्री गर्नाका साथै दूधको पाउडर, मिठाइ, मख्खन, घ्यू, पनिर र आइसक्रिम बनाउने गर्छ । दुग्ध व्यवसायसँग संलग्न पूर्वाञ्चलका विभिन्न सहकारी संस्थाका साथै किसानबाट दैनिकरुपमा सरदर २५ हजार लिटर दूध खरिद गरी १३ हजार लिटर दूध बिक्री वितरण गर्दै आएको संस्थानका प्रमुख सरोज सिम्खडाले जानकारी दिनुभयो ।

किसानसँग खरिद गर्दै आएको दूधमा प्रतिलिटर पाँच रुपैया १० पैसा बढोत्तरी गरिएको छ । किसानसँग प्रतिलिटर रु ४० र सहकारीसँग रु ४५ मा दूध खरिद गरिएको उहाँले बताउनुभयो । दूध संकलनबापत ढुवानी खर्च, दूध चिस्याउने र प्रशासनिकलगायत खर्च जोडेर दूध प्रतिलिटर रु ७० मा बिक्री गर्ने गरिएको छ ।

उक्त संस्थानअन्तर्गत रहेको पाउडर प्लान्टको क्षमतामा विस्तार गरिएपछि दूधको पाउडर बनाउन सहज भएको छ । सो प्लान्टबाट दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउन सकिनेछ । साठी हजार लिटर दूधको पाँच हजार किलो पाउडर तयार हुन्छ । रु १० करोडको लागतमा उक्त प्लान्ट निर्माण गरिएको हो ।

संस्थान सेवामुखी भएकाले कम मुनाफामा विराटनगरलगायत विभिन्न ठाउँमा दूध वितरण गर्ने गरिएको हो । यस संस्थानअन्तर्गत शुद्ध घ्यूका साथै रसभरी, लालमोहनलगायतका पदार्थ बनाइन्छ । किसानलाई दूध उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले विराटनगरबाट ४२६ किमी टाढा रहेको पाँचथरको देउरालीस्थित चिस्यान केन्द्रबाट पनि दूध संकलन गर्ने गरिन्छ ।

त्यस्तै, यहाँदेखि ४१४ किमी टाढाको इलामको शान्तिडाँडा, ३८५ किमी टाढा रहेको पुवाखोला, ३६० किमीमा पर्ने बिवल्याँटे, ३१२ किमीमा पर्ने लक्ष्मीपुर, २६० किमी टाढाको फिक्कल, तिनघरे, धनकुटाको हिले र तेह्रथुमको चित्रस्थित चिस्यान केन्द्रबाट दूध संकलन गर्ने गरिएको छ ।

मोरङ, सुनसरी, सप्तरी र सिरहाका विभिन्न चिस्यान केन्द्रबाट समेत दूध संकलन गर्ने गरिएको कार्यालयले जनाएको छ । पूर्वी नेपालका पहाडी जिल्लाबाट समेत दूध संकलन गर्न थालेपछि किसान दूध उत्पादनतर्फ अग्रसर भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी