अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

  • बिहिबार, भदौ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

वासिङ्गटन डिसी, २९ भदौ । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ ।

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दे हुनुहुन्छ ।

यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारले १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ । यो रकममार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजना बनाइनेछ ।

अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले रासससँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो– नेपालको दिगो विकासको लागि यो महत्वपूर्ण सम्झौता हो । यसले नेपालको दिगो विकासमा टेवा पुग्ने मलाई विश्वास छ ।

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो । एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्यूनीकरणका लागि र महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपालको विद्युत् सेवामा सुधार र सडकको विस्तारको लागि यो रकम खर्च गरिने भएकाले जनताको जीवनस्तर माथि उकास्न र देशको दिगो विकासमा योगदान पु¥याउने विश्वास लिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी