सरकारकै कारण साल्ट ट्रेडिङ घाटामा, जस्तापाता र चिनीमा करोडौ घाटा

सरकारकै कारण साल्ट ट्रेडिङ घाटामा, जस्तापाता र चिनीमा करोडौ घाटा

  • मङ्लबार, भदौ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, भदौ २७ । सरकारको कारण पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले आर्थिक रुपमा घाटा व्यहोर्नु परेको छ ।

सरकारको आग्रह र अनुरोधमा भूकम्पपीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्को मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको चिनी, सुपथ मूल्यको पसलको शोध भर्ना सरकारबाट प्राप्त गर्न नसक्दा कर्पोरेशनलाई करोडौँ घाटा हुन पुगेको हो ।

कर्पोरेशनको ५५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव प्रेमकुमार राईले पछिल्लो समय सरकारकै कारण कर्पोरेशनले आर्थिक घाटा व्यहोर्नु परेको जानकारी दिए।

उनले आगामी दिनमा यस्तो घाटा हुन नदिन मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र काम गर्न सुझाव दिए ।

दैनिक उपभोगका वस्तु नुन, चिनी, रसायनिक मललगायत वस्तु कर्पोरेशनले बिक्री वितरण गर्दै आएको छ । नौ महिनासम्म पुग्ने नुन कर्पोरेशनले मौज्जादसमेत गरेको छ ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आगामी दिनमा आफ्नो कामलाई विविधिकरण गर्ने जानकारी दिए ।

कर्पोरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनले सरकारको निर्देशनमा काम गर्दै आएको बताए ।

कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव कुमुन्दप्रसाद पौडेल र आधिकारिक ट्रेड युनियनका अध्यक्ष मेघराज ज्ञवालीले सरकार र निजी क्षेत्रको सेतुको रुपमा कर्पोरेशनले काम गरेको बताए ।

पुरस्कार र सम्मान कार्यक्रममा कर्पोरेशनद्वारा स्थापित २०७४ सालको बाल हितकारी पुरस्कार गरिब तथा अनाथ बालबालिका उद्धार केन्द्र बाँसबारीलाई प्रदान गरिएको थियो ।

मदिराका खेर गएका बोतलबाट काठमाडौँको सुन्दरीजल र गोरखामा आवास निर्माण गरी हाल ६० जना अनाथ बालबालिकालाई सो केन्द्रले आश्रय दिइराखेको छ ।

गरिब तथा अनाथ बालबालिकाका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै कर्पोरेशनले सो संस्थाका अध्यक्ष सुधामा कार्कीलाई रु ५० हजार नगदसहितको सम्मानपत्र प्रदान गरेको हो ।

यसैगरी हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट तेजबहादुर कुँवर (अञ्चल कार्यालय धनगढी) र राजबहादुर लामा (डिपो कार्यालय हुम्ला), ईश्वरलाल श्रेष्ठ सेवा पुुरस्कारबाट ओमसिद्धि गुभाजु, सावित्री देवकोटा र कृष्णबहादुर श्रेष्ठलाई प्रदान गरिएको थियो ।

अनङ्गमान छात्रवृत्तिबाट सुशील ढकाल, अनिश श्रेष्ठ र अबिनास पन्त तथा लोकमान छात्रवृत्ति प्रार्थना कुँवरलाई प्रदान गरिएको थियो ।

कर्पोरेशनमा २० वर्षभन्दा बढी सेवा गरेका ईश्वर आचार्य, ईश्वरा श्रेष्ठ, रामनरेश प्रसाद, कृष्णलाल चौधरी र मुगादेवी कट्टेललाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी