बन्ने भयो चलचित्र ‘मान्दैन यो मन’

बन्ने भयो चलचित्र ‘मान्दैन यो मन’

  • सोमवार, भदौ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं । रिच ईन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा नयाँ फिल्म ‘मान्दैन यो मन’ निर्माण हुने भएको छ ।
दशैंपछि छायांकन गर्ने भनिएको चलचित्र ‘मान्दैन यो मन’ प्रेम र द्धन्द्धप्रधान कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ । चलचित्रमा कलाकार करण श्रेष्ठ र नायिका जोश्ना घलेको प्रमुख अभिनय रहने बताईएको छ । चलचित्रमा अन्य कलाकारहरुको पनि खोजी गरिने बताईएको छ ।
यस चलचित्रमा विष्णु क्षेत्री, राजेश खड्गी, खेमनारायण सापकोटा र निलम केसीको संयुक्त लगानी रहने छ । काठमाडौं, पोखरा, जोमसोम र सिन्धुपाल्चोकमा छायांकन गरिने यस चलचित्रलाई सोम कुस्कुमाझी ले निर्देशन गर्ने भएका छन् ।
करिब दुई दर्जन चलचित्रमा अभिनय गरिसकेका कलाकार करण श्रेष्ठ यो चलचित्रमा नयाँ गेटअपमा आउन लागेका छन् । चलचित्रमा बादल लिम्बुको संगीत रहने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी