देशको अस्तित्व जोगाउन महत्वपूर्ण योगदान : प्रधानमन्त्री देउवा

देशको अस्तित्व जोगाउन महत्वपूर्ण योगदान : प्रधानमन्त्री देउवा

  • शनिबार, भदौ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

ललितपुर, २४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको अस्तित्व बचाइराख्न किसान वर्गको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । 

ज्यापु समाज ललितपुरको आज २४ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले देशको गरिमालाई उच्च बनाइराख्न आम नेपालीको योगदान अतुलनीय रहेको बताउनुभयो । किसान वर्गलाई समेटेर आफ्नो पहिचानलाई सधैँ बचाउन समाजको ठूलो भूमिका रहेको प्रधानमन्त्री देउवाको भनाइे थियो ।

ललितपुरको कला, धर्म र संस्कृतिलाई जोगाइराख्न पाटनवासीले अतुलनीयरुपमा काम गरेकोेमा उहाँले प्रशंसा गर्नुभयो । समाजको अगुवाइमा गरिब किसानको उत्थानका लागि गरेको कामप्रति उहाँले थप प्रशंसा गर्नुभयो ।

सो अवसरमा समाजको भवनमा अवस्थित संग्रहालयको प्रधानमन्त्री देउवाले अवलोकन गर्नुभएको थियो ।

समाजका अध्यक्ष प्रेम महर्जनले नेवारी समुदायको हकहित र अधिकारका पक्षमा सधैँ लडिरहने बताउनुभयो । परम्परादेखि नेवार समुदायले मान्दै आएको कलासंस्कृतिको संरक्षण र जगेर्ना गर्नु समाजको कर्तव्य रहेको उहाँको भनाइ रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी