आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ ,२३ भदौ ।
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा शिक्षाका क्षेत्रमा सक्रिया सरकारी तथा निजी संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरी मनाउदैछन् । नेपालमा यो वर्ष संघिय नेपाल, समृद्धिको आधार ः स्तरीय शिक्षा सबैको अधिकार भन्ने नारा तय गरिएको छ ।

दिवसका अवसरमा शिक्षा मन्त्रालयले आज विषेश कार्यक्रमको अयोजना गरेको गियो । राष्ट्रपति भवन सितल निवासमा आज विहान भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले क श्रेणीका २ सय १५ जना, ख श्रेणीका ८२ जना ग श्रेणीका २८ जनालाई विद्याभूषण पुरस्कार प्रदान गर्नु भएको छ ।

यस्तै स्नातक तह अन्तरगत छात्रा २४ जना र प्रमाणपत्र तह अन्तरगत ३ जनालाई विद्यापदक प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच दिवसका अवसरमा मन्त्रालयद्धारा उत्कृष्ट घोषित शैक्षिक संस्थालाई दिइने राष्ट्रिय एवम् प्रदेश पुरस्कार वितरण कार्यक्रम भने स्थगित गरिएको मन्त्रालयका सुचना अधिकृत सरस्वति पोखरेलले जानकारी दिनुभयो ।

पुरस्कार छनोटबारेको रिट निवेदनमा पुनरावेदन उच्च अदालत पाटनले गत बुधबार कार्यक्रम तत्काल नगर्न अन्तरिम आदेश दिएपछि अर्को सुचना नआएसम्मका लागि स्थगित गएिको पोखरेलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी