समयभित्र विकास निर्माणका काम सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह

समयभित्र विकास निर्माणका काम सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

 

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो “आर्थिक समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास हो, यसको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ ।”
नेपाल निर्माण व्यवसायी महासंघको १९ आँै साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिने जानकारी निर्माण व्यवसायीलाई गराउनुभयो ।

उहाँले सार्वजानिक खरिद ऐन तथा नियमावलीलाई समसामयिक सुधार गरिने बताउँदै समयभित्र विकास निर्माणका गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गर्नुभयो । प्रम देउवाले भन्नुभयो “विकास खर्च सन्तोषजनक छैन, निर्माण सम्पन्न भएका कामको समेत गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ, यसतर्फ म सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहन्छु ।”

निर्माण व्यवसायीका समेत व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्न जरुरी रहेको छ उहाँले बताउनुभयो । सो अवसरमा प्रम देउवाले गैरआवासीय संघका अध्यक्ष शेष घले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद र अन्तरराष्ट्रिय निर्माण व्यवसायी महासंघका अध्यक्ष दातु माथ्यु टिलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागि आवश्यक कानून निर्वाचन आयोगलाई समयमै दिने जानकारी दिनुभयो ।

महासंघका अध्यक्ष शरदकुमार गौतमले सार्वजानिक खरिद ऐन तथा नियमावलीलाई संशोधन गर्न माग गर्नुभयो । हाल देशमा करिब १२ हजार निर्माण व्यवसायी रहेका छन् ।

कार्यक्रममा सिँचाइमन्त्री सञ्जयकुमार गौतम, वाणिज्यमन्त्री मीन विश्वकर्मा, भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ, महासंघका पूर्व अध्यक्ष विक्रम पाण्डे तथा नेकपा (एमाले) भौतिक पूर्वाधार विकास विभागका प्रमुख डा विजय पौडेलले गुणस्तरीय पूर्वाधार समयभित्र सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ