अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेको छ : अर्थमन्त्री

अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेको छ : अर्थमन्त्री

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १६ भदौ ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभएको छ ।

वर्तमान अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा रहेको भन्दै उहाँले उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपाल आर्थिक पत्रकार समाज सेजनकोको १८ आँैं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै उहाँले मुलुकलाई संवृद्धिको दिशामा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताउनु भयो ।

उहाँले अर्थतन्त्रको दायरासमेत फराकिलो हुँदै गएकाले थप लगानी गर्नु सहज हुनेमा जोड दिनुभयो । लगानी भित्र्याउन र त्यसलाई सहीरूपले परिचालन गर्न जरुरी रहेको चर्चा गर्दै उहाँले शहरी र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउनुपर्ने जिकिर गर्नुभयो ।

अहिले संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेकोकाले प्रदेश र संघको निर्वाचनपछि मुलुक पूर्णरुपमा राजनीतिक स्थिरताको चरणमा प्रवेश गर्ने र आर्थिक संवृृद्धिका मार्ग समेत प्रशस्त हुने उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले २३ वर्षयता मुलुकको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहेको र १३ वर्षपछि मुद्रास्फिति दर समेत चार प्रतिशतको हाराहारीमा रहेकाले आर्थिक क्षेत्र थप सवल बन्दै गएको तथा लगानीका वातावरण समेत बनेको छ धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले संविधान कार्यान्यवको प्रक्रियासँगै मुलुकमा लगानीको वातावरण बनेकामा खुसी व्यक्त गर्दै दीर्घकालीन सुधारका लागि सबैको साथ र सहयोग जरुरी रहेको आवश्यता औल्याएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी