आज १० औं पुस्तकालय दिवस

आज १० औं पुस्तकालय दिवस

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ ,१५ भदौ ।
‘समृद्ध नेपालको आधार : पुस्तकालयको विकास’ भन्ने नाराका साथ आज १० औँ पुस्तकालय दिवस मनाइँदैछ ।

पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवद्र्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

दिवसका अवसरमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित दिवस मूल समारोह समितिले राजधानीमा आज विषेश कार्यक्रमको आयोजना गरेको छ ।

यसअघि बिहान राजधानीको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयबाट रसियन कल्चर सेन्टरसम्म प्रभातफेरी निकालिएको थियो ।

पण्डित केदारनाथ झालाई विसं १८६९ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न जिम्मेवारी दिएको दिनको सम्झनामा विसं २०६५ भदौ १५ देखि यो दिवस मनाउन थालिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी