दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार

दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं । मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार
 योजना ल्याएको छ । भदौ २२ गते देखि गरिन लागेको यो मोबाइल मेलामा सबै मोबाइल कम्पनीको साथ पाएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए ।
सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । एलजीको एल–७ खरिद गर्दा अर्को एउटा मोबाइल सित्तैमा पाइने अफरका साथमा हुवावेको ट्याब किन्दा एक मोबाइल फ्रिमा पाइने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ ।
ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला  दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि पाइने छन् । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरीदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन तथा दैनिक रुपमा टिभी, मोबाइल र पावर बैंक लगायत क्यास ब्याक सहितका उपहार पाउने व्यवस्था गरिएको ताम्राकार मोबाइल बजारले जनाएको छ । ताम्राकार मोबाइल कम्प्लेक्समा प्रवेशसँगै लक्की ड्रमा समाबेश हुन पाइने र जसका लागि कुपन भर्नुपर्ने ब्यवस्थासमेत मिलाइने भएको छ ।
मोबाइलका पारखीहरुको मनमा बसेको नेपालको एक मात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार हुने गरेको छ । हरेक वर्ष जस्तो यो वर्ष पनि दशंैदेखि तिहारसम्म हरेक दिन लक्की ड्रमार्फत क्यास ब्याक र हरेक दिनको लक्की ड्रबाट मोबाइल, पावर बैंक लगायतका उपहार वितरण गरिने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ ।
मोबाइल मेला अबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइलगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी