असोज मसान्तसम्म नविकरण शुल्क बुझाउन निर्देशन

असोज मसान्तसम्म नविकरण शुल्क बुझाउन निर्देशन

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं भाद्र १२,।

नेपाल स्टक एक्सचेञ्च नेप्सेले नेप्सेमा सूचीकृत भएका कम्पनीहरुलाई चालु आर्थिक वर्षको नविकरण शुल्क असोज मसान्तभित्र बुझाउन निर्देशन दिएको छ ।

आज सूचना जारी गर्दै स्टक एक्सचेञ्चले समयमै नविकरण शुल्क बुझाउन सुचीकृत कम्पनीलाई निर्देशन दिएको हो ।

नेप्सेले असोज मसान्तसम्म नविकरण नगराउने कम्पनीको शेयर कारोबार स्थगन गर्नेे चेतावनी समेत दिएको छ ।

धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्तापुँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पुँजी भएका कम्पनीले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पुँजी भएकाले ५० हजार रुपैयाँ सूचीकरण नविकरण शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको बार्षिक सूचीकरण नविकरण शुल्क असोज मसान्तसम्ममा बुझाईसक्नु पर्ने व्यवस्था रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी