बाढी र डुबानले विराटनगरका उद्योगहरु अस्तव्यस्त,पुनः सन्चालनमा अझै एक साता लाग्ने (हेर्नुहोस भिडियो)

बाढी र डुबानले विराटनगरका उद्योगहरु अस्तव्यस्त,पुनः सन्चालनमा अझै एक साता लाग्ने (हेर्नुहोस भिडियो)

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

विराटनगर, भदौ ११ । तराईमा आएको बाढी र डुवानले सुनसरी–मोरङ औद्योगिक करिडोर र त्यस आसपासका ठूला उद्योगसमेत अस्तव्यस्त भएका छन् ।

उद्योगहरुले करोडौं रुपैयाँ बराबरको नोक्सानी बेहोर्नु परेको छ । मुख्य प्लान्टमा पानी पसेर क्षति पुगेपछि धेरै जसो उद्योग अहिले पनि बन्दको अवस्थामा छन् ।

सञ्चालनमा आएका उद्योगले पनि पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन् ।

दुई साता अघि आएको वाढी र डुवानले बिराटनगर करिडोर क्षेत्रका उद्योगहरुको मुख्य प्लान्टमा क्षति पुगेपछि यहाँका धेरै जसो ठुला उद्योग अहिले वन्द अवस्थामा छन् ।

वान टु थ्रि चाउचाउ उत्पादन गर्दै आएको मोरङको कटहरीमा रहेको क्वालीटी वाइल्डडिफाइनरीका प्रवन्धक निर्देशक विपिन काव्राले डुवानले मुख्य प्लान्टमा क्षति पुगेकाले उद्योग वन्दको अवस्थामा रहेको जानकारी दिए ।

उद्योगी काव्राले उद्योगको मेशीनरीमा ठुलो क्षति भएकाले उद्योग सञ्चालन गर्न अमmै एकसाता लाग्ने बताउँछन् ।

अविरल वर्षापछि स्थानीय खोलामा आएको वाढी र डुवानका कारण करिडोर क्षेत्र जलमग्न हुन पुगेको थियो । वाढी र डुवानपछिको स्थिती अहिले सामान्य वनिसकेको छ ।

तर पनि करिडोर क्षेत्रमा सञ्चालनमा आएका ठुला उद्योग पनि पुर्ण क्षमतामा आउन सकेका छैनन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा रहेको अरिहान्त मल्टिफेवरेज लिमिटेडका प्रवन्धक गोविन्द वजगाईले उद्योगमा रहेका धेरै मेशिनरी सामानमा पानीले क्षति पुगेकाले दैनिक ८० टन जुटको तयारी वस्तु उत्पादन गर्ने उद्योगले अहिले कुल क्षमताको ५५ प्रतिशत मात्र वस्तु उत्पादन गदै आएको जानकारी दिए ।

पानी र डुवानपछि अहिले उद्योगहरुमा उतिकै मात्रामा कच्चा पदार्थको समेत अभाव देखिएको छ । करिडोर क्षेत्रमा रहेको आरती स्ट्रीप्स प्रालि वाढी र डुवानपछि सञ्चालनमा आउन सकेको छैन ।

उद्योगका प्रशासनिक प्रमुख दिवस नेपालले उद्योगलाई आवश्यक कच्चा पदार्थ सकिएका कारण उद्योग वन्द गर्नु परेको जानकारी दिए ।

उद्योग चलाउन सक्ने अवस्था रहे पनि भारतका विभिन्न स्थानमा पनि वाढी र डुवानले सडक विग्रिएकाले कच्चा पदार्थ वोकेका कन्टेनर वाटोमै रोकिंदा उद्योग सञ्चालनमा समस्या भएको प्रमुख नेपालले जानकारी दिए ।

उद्योग संगठन मोरङका अनुसार वाढी र डुवानले सुनसरी–मोरङ करिडोर र त्यस आसपासका क्षेत्रमा रहेका ठुला उद्योगहरुमा १ अर्व ४५ करोडको नोक्सानी भएको छ ।-इमेज खबरबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी