कम्युनिष्ट पार्टीद्धारा तीन महिने अभियान सुरु , नेपाल डुबाउने सप्तकोशी उच्च बाध भारतलाई बनाउन नदिने चेतावनी

कम्युनिष्ट पार्टीद्धारा तीन महिने अभियान सुरु , नेपाल डुबाउने सप्तकोशी उच्च बाध भारतलाई बनाउन नदिने चेतावनी

  • शनिबार, भदौ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाण्डौ , १० भदौ ।
नेपाल कम्युनिष्ट पार्टी सुनसरीद्धारा तीन महिने संगठन सुदृणिकरण तथा प्रतिरोध अभियान २०७४ आजदेखि सुरु गरेको छ ।
इटहरीमा आज कोणसभाको आयोजना गरि अभियान सुरु गरिएको नेकपाले जानकारी दिएको छ । अभियानको उद्घाटन गर्दै जिल्ला ईन्चार्ज प्रज्वल श्रेष्ठले अहिलेको दलाल सत्ताको बिरुद्धमा निर्णायक क्रान्ति हुने बताउनु भयो । त्यसका लागि जनतालाई साथ सहयोग गर्न उहाँको आग्रह छ ।
तस्कर ,दलाल तथा भ्रष्ठबिरुद्ध क्रमिकरुपमा कार्वाहि गर्दै जाने जनाउदै ईन्चार्ज श्रेष्ठले आगामि प्रदेश तथा केन्द्रको संसदीय चुनाव खारेज गर्न पनि अपिल गर्नुभयो ।
संसदिय ब्यावस्थापले जनताको अधिकार सुरक्षीत गर्न नसक्ने भन्दै यसलाई खारेज गर्नु पर्ने उहाँको जोड छ ।
भारतीय साम्राज्यबादले कोषि सम्झौता र हालै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा सप्तकोशि उच्च बाधको डिपिआर गर्ने सम्झौताको बिरोध गर्दै उहाँले कुनैपनि हालतमा सप्तकोशि उच्च बाध बाध्न नदिने चेतावनी दिनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी पवन कोइरालाले सुनसरीको बाढीपिडितको राहतमा अनियमिता तथा बिभेद गरेको गुनासो आएको भन्दै तत्काल राहत वितरण गर्न आग्रह गर्नुभयो।
कोशी ब्युरो सदस्यीय चट्टान राईले सबैखाले प्रतिक्रियाबादीले जनतामाथि शोषण गरिरहेको भन्दै क्रान्तिको विकल्प नभएको बताउनु भयो ।
नेकपाद्धारा गठित सुनसरी जनसत्ता प्रमुख टिका राईले विकास निर्माण सहित सबैठाउँमा ठुलो भ्रष्टचार भईरहेको औल्याउनु भयो ।
उहाँले अब जनसत्ताले भ्रष्टचारीहरुलाई कार्वाहि गरि , विकास निर्माणका कामहरुमा हस्तक्षेप गरि जनताको सहभागितामा काम अघि बढाउने बताउनु भयो ।
यसैगरी अनेरास्वब्यु क्रान्तिकारी कोशि ब्युरोका संयोजक नवराज भट्टराईले राज्यको अन्य क्षेत्रमा जस्तै सैक्षीक क्षेत्रमा पनि माफियाले दलललीकरण गरि शिक्षामा व्यापार गरिरहेको बताउनु भयो ।


शैक्षिक माफियाकै कारण सर्वसाधारण जनताको छोराछोरीले सहज रुपमा शिक्षा लिन सक्ने अवस्थाको समेत अन्त्इ भएको भन्दै उहाँले यस्तो कार्य रोक्न तथा जनतालाई सहज रुपमा शिक्षा हासिल गर्ने वातावरण बनाउन अनेरास्वब्यु क्रान्तिकारी लागि पर्ने बताउनु भयो ।


बेपत्ता परिवार समाजका केन्द्रिय सचिव नवराज ढुड्गानाले जनताको मुक्ति र परिवर्तनका लागी आफ्ना परिवारजनले बलिदान दिएको तथा हालसम्मपनि कयौ वेपत्ता रहेको भन्दै मुठ्ठिभरका केहि नेताको कारण क्रान्तिलाई दुरुपयोग गरि आफ्नो स्वार्थ पुरा गरेको भन्दै दुखेसो पोखनुभयो । यहि फेरी पनि क्रान्ति भए आफुहरुले बलिदानी दिन तयार रहेको पनि बताउनु भयो ।

कार्यक्रममा घाई , अपाड्ग , वेपत्तापरिवार , सर्वसारण तथा पार्टी कार्यकर्ताहरुको सयौको सहभागीता थियो ।


अभियान अन्तरगत नेकपाका सबै जनवर्गिय संगठनहरुको प्रशिक्षण , भेला , कार्यकर्ताहरुलाई वैचारिक स्कुलिड गर्ने ईन्चार्ज श्रेष्ठले जानकारी दिनुभयो । कार्तिकसम्म चल्ने अभियान अन्तरगत दलाल , भ्रष्ठहरुलाई सुचीकृत गर्दै जनकार्वाहि गर्ने , र सप्तकोशी बाधबारे भएको सम्झौताबिरुद्ध प्रदर्शन गर्ने लगायतका कार्यक्रमम रहेका छन् ।


कोशी सम्झौताको नाममा बर्षेनी नेपाली भुभाग डुवानमा पर्ने गरेको तथा बाढी आदा बाधका ढोका नखोलीदा नेपाली जनता सधै त्रासमा बस्नुपर्ने र ठुलो जनधनको क्षति हुनेगरेको भन्दै यसको बिरोधमा बिभिन्न कार्यक्रममा गरिने तयारी गरिएको पनि जिल्ला सेक्रेटरी पवनले जानकारी दिनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी