बाढीले ८० हजार विद्यार्थी पढाईबाट बन्चित

बाढीले ८० हजार विद्यार्थी पढाईबाट बन्चित

  • शनिबार, भदौ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ ३ भदौ ।
मुलुकका विभिन्न क्षेत्रमा आएको बाढीका कारण विद्यालयमा क्षति भएपछि करिब ८० हजार विद्यार्थी पढाईबाट वञ्चित भएका छन् ।

कतिपय क्षेत्रमा विद्यालय भवन नै नष्ट भएका छन् भने कतिपय विद्यालय भवनभित्र बाढीसँगै छिरेको हिलो पन्छाउन नसकिएको शिक्षा मन्त्रालयका प्रवक्ता हरि प्रसाद लम्सालले जानकारी दिनुभयो ।

मध्य र पश्चिमका तराईका जिल्लामा बाढीका कारण बढी विद्यार्थी पढाईबाट वञ्चित भएको उहाँले बताउनुभयो । प्रारम्भिक तथ्यांक अनुसार करिव ५ सय वटा विद्यालय भवनमा क्षति पुगेको छ ।

सर्लाहीमा ४० वटा विद्यालयमा क्षति पुगेको छ भने ५ वटा विद्यालयका भवन पुरै नष्ट भएका छन् । सप्तरीमा ३८ वटा विद्यालयको भवनमा क्षति पुगेको बताएको छ । बाँकेमा ८१ विद्यालयका भवनमा क्षति पुगेको छ ।

धेरैजसो विद्यालयमा बाढीपीडितलाई राखिएकाले विद्यालय सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी