विराटनगर विमानस्थल आजदेखि आंशिक सन्चालनमा

विराटनगर विमानस्थल आजदेखि आंशिक सन्चालनमा

  • शनिबार, भदौ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ ३ भदौ ।
बाढीका कारण डुबानमा परेपछि अवरुद्ध रहेको विराटनगर विमानस्थल आजदेखि सन्चालनमा आएको छ । यद्यपी विमानस्थल पूर्ण रुपमा सन्चालनमा आउनका लागि भने अझै केही समय लाग्ने जनाइएको छ ।

विमानस्थललाई पूर्ण रुपमा सञ्चालनका लागि योग्य बनाउन अझै केही समय लाग्ने भएकाले आजदेखि दिनको समयमा मात्र विमानस्थल सन्चालन गर्ने तयारी भएको क्षेत्रीय निर्देशक सुरेशमान सिंहले जानकारी दिनुभयो ।

विमानस्थल सञ्चालनमा आउने भएसँगै आज ५ वटा उडान हुने भएको छ । यति एयरलायन्सले २ वटा उडान भर्नेछ भने सूर्य एयरलायन्सले ३ वटा उडान भर्ने प्राधिकरणले जानकारी दिएको छ । बिहान ९ वजे सुर्य एयरलायन्सले पहिलो उडान सुरु गरेको छ ।

बुद्ध एयरलायन्सले आइतबारदेखि मात्रै उडान सुचारु गर्नेछ भने नेपाल एयरलायन्सले सोमबारदेखि उडान भर्ने तयारी गरेको छ । बाढीका कारण विमानस्थलमा १० करोड बराबरको क्षति भएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

विमानस्थल पहिलाको अबस्थामा आउनका लागि अझै एक महिना लाग्ने प्राधिकरणका महानिर्देशक सचिन गौतमले बताउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी