अरुसँग तुलना गर्दाको खतरनाक परिणाम !

अरुसँग तुलना गर्दाको खतरनाक परिणाम !

  • शनिबार, भदौ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’

उसले हाँसलाई भेटेर यो कुरा सुनायो । कागको कुरा सुनिसकेपछि हाँसले भन्यो, ‘जबसम्म दुई रंगवाला सुगा देखेको थिइन, त्यति बेलासम्म त मलाई पनि म नै संसारको सबैभन्दा खुसी र सुन्दर छु, जस्तो लाग्दथ्यो । तर अहिले मलाई लाग्छ, त्यही सुगा संसारकै सबैभन्दा खुसी सुन्दर चरा हो ।’

त्यसपछि कागले सुगालाई पनि भेट्ने निश्चय गर्‍यो । सुगाको नजिक गएर उसले भन्यो, ‘तिमी त कति खुसी होलाउ है ! सायद संसारकै सबैभन्दा सुन्दर र खुसी रहने पन्छी ।’

त्यसपछि सुगाले भन्यो, ‘मयूरलाई देख्नुअघि त म पनि यस्तै सोच्दथेँ । हरेक दिन खुसीसाथ बित्दथ्यो र सुखी पनि थिएँ । तर जब मयूरलाई देखेँ, त्यसपछि लाग्यो, ‘जाबो दुईवटा रंग भएको म त के सुन्दर ! सुन्दर त त्यो मयूर हो, जससँग दर्जनौँ रंगहरु छ । कति खुसी होला मयूर !’

सुगाको कुरा सुनिसकेपछि कागले मयूरलाई पनि भेट्न चाह्यो । मयूरलाई भेट्ने उद्देश्यले ऊ नजिकैको चिडियाघरमा पुग्यो । मयूरलाई हेर्न त्यहाँ सयौँ मानिसहरु झुम्मिएका थिए । देख्दा पनि निकै सुन्दर थियो त्यो मयूर । कागले एकछिन चुपचाप बसेर सबै गतिविधि नियाल्यो
मानिसहरु गइसकेपछि ऊ मयूरको नजिक गयो । अनि भन्यो, ‘तिमी त कति सुन्दर छौ । यति धेरै रंग तिम्रो शरीरमा छ । तिमीलाई देख्ने जो कोही पनि मोहित् हुन्छन् । कति खुसी छौ होला है ?’

मयूर बोल्यो, ‘मलाई हमेशा लाग्थ्यो म नै संसारको सबैभन्दा खुसी र सुन्दर पन्छी हुँ । तर पछि महसुस भयो, मेरो यही सुन्दरताको कारण नै चिडियाघरमा थुनिएको छु । मैले यो चिडियाघरलाई निकै ध्यानपूर्वक नियालेँ । म जस्तै अन्य धेरै सुन्दर पन्छीहरु यहाँ थुनिएका रहेछन् । तर कौवालाई कतै देखिन । माथितिर हेरेँ कौवाहरु आफ्नै संसारमा मस्त थिए । जता मन लाथ्यो त्यतै पुग्थे, जे मन लाग्यो त्यही खान्थे ! त्यसपछि आजभोलि मेरो दिमागमा एउटा कुरा घुमिरहन्छ, ‘यदि म पनि कौवा भएर जन्मिएको थिएँ भने कति खुसी हुन्थेँ होला !’

मयूरको कुरा सुनिसकेपछि कौवाले निश्चय गर्‍यो, ‘म नै सबैभन्दा खुसी रहने प्राणी हुँ ।’ त्यसपछि खुसी हुँदै फर्किएको कौवाले कहिले अरुसँग आफूलाई तुलना गरेन । अनि पहिलेजस्तै सुखसाथ बस्न थाल्यो ।

हामीले कहिले पनि अरु संग तुलना गर्नु हुदैन। आफुमा जे छ त्यस मै खुशी रहनु पर्छ। यो नै दु:ख बाट मुक्त भइ आनन्द सुख पाउने मार्ग हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी