धुर्मुस बाढी पिडितको उद्धारमा : प्रधानमन्त्री रमिता हेर्दै , गृहमन्त्री फोटो खिच्नमा ब्यस्त (फोटोफिचर )

धुर्मुस बाढी पिडितको उद्धारमा : प्रधानमन्त्री रमिता हेर्दै , गृहमन्त्री फोटो खिच्नमा ब्यस्त (फोटोफिचर )

  • मङ्लबार, साउन ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाण्डौ , ३१ साउन ।

मुलुक यतिखेर प्राकृतिक प्रकोपले आक्रान्त बनेको छ । मुलुकका बिभिन्न स्थानमा परेको अबिरल बर्षाका कारण आएको बाढी पहिरोमा परि हालसम्म १ सय १५ जनाले ज्यान गुमाईसकेका छन् । कयौ घाईते छन् भने दर्जनौ हराईरहेको छन् ।

बाढी पहिरो पिडितहरु उद्धार तथा राहत समयमा नहुँदा झन समस्यामा परेका छन् । बाढी पहिरो गएका ठाउहरुमा हैजाको प्रकोप फैलने सम्भावना देखिएको छ । स्थानीय स्तरबाट , बिभिन्न राजनितिक दलका स्थानीय कार्यकर्ता ,सेना प्रहरी , ससस्त्र तथा बिभिन्न संघ सस्थाहरुका प्रतिनिधि ,स्थानीय उद्धारमा खटिएका छन् ।
तर सरकारी ढिलासुस्तीका कारण पिडितले तत्का उचित राहत तथा उद्धार पाउन सकेका छैनन् ।

उता बाढी गएको केहिदिनमा प्रधानमन्त्री हेलिकोप्टर चडेर पुर्व पुग्नु भयो र सेनासँग जानकारी लिएर फर्कनुभयो । गृहमन्त्री जनार्धन हशर्मा पनि बाढीपिडित भएको ठाउमा जानुभयो भने अन्य सरकारी अधिकारी पुगेर रमिता हेरेर फर्किएका छन् । उता हास्कलाकार र्धुमु भने पिडितको सहयोमा निरन्तर खटिएका छन् ।

 

सोमबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायत सरकारी अधिकारीहरु बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमनमा गए ।

अनुगमन गर्दा उनीहरुले बाढी पहिरो प्रभावितको रमिता हेर्न बाहेक अरु केही गर्न सकेनन् । यता निकै चर्चामा रहेका हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) भने आफ्नो ज्यानको बाजी थापेर भएपनि बाढी पीडित क्षेत्र तराईमा राहत तथा उद्धारमा अहोरात्र खटिएका छन् । उनले महोत्तरीको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपीडितलाई राहत वितरण गर्नुका साथै उद्धारमा खटिए ।

यतिबेला सामाजिक सञ्जालले पनि निकै प्राथमिकता पाएको छ । बाढी पहिरो सम्बन्धिका गतिविधिले सामाजिक सञ्जालमा भित्ताहरु भरिएका छन् ।  सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले धुर्मुसले गरिरहेको कामको खुलेरै प्रशंसा गरिरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी