मेलम्ची परियोजना निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन

मेलम्ची परियोजना निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन

  • बुधबार, साउन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

मेलम्ची, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धा्रित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आयोगको स्थलगत निरीक्षणका क्रममा आज उहाँले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै सरकारर आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यका नेपालको राजधानी मात्र नभई धेरै किसिमले महत्वपूर्ण ठाउँ भएकाले उपत्यकाबासिका लागी शुद्ध खानेपानीको अति आवश्यक रहेको भन्दै समयमा नै प्रभावकारी काम गरेर देखाउन निर्देशन दिनुभयो ।

विभिन्न कठिनाइका बाबजुद पनि नेपालको अति महत्वपूर्ण परियोजनामा प्रगति भएको सुन्न पाउँदा आफूलाई खुशी लागेको उहाँको भनाई छ ।

कूल साढे २७ किमी सुरुङसहितको मेलम्ची खानेपानी परियोजना आगामी पुस महिनाभित्र निर्माण सम्पन्न हुने गरी द्रुत गतिमा काम भइरहेको छ ।

दुई दशमलव १९ किमीमात्र सुरुङ खन्न बाँकी छ । हाल चार स्थानबाट सुरुङ खनिरहेको परियोजनाले दैनिक सरदर ९५ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । सन् २००१ बाट परियोजना निर्माण शुरु भएको हो ।

सोह्र मिटर सुरुङ खन्ने काम भइरहेको छ । चार स्थानबाट सुरुङ खनिरहेको मध्ये तीन स्थानमा कमजोर भौगर्भिक कारण सुरुङ खन्न केही चुनौती देखिएको आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

कूल साढे २३ अर्ब लागत भएको उक्त परियोजनामा २२ अर्ब ३४ करोड खर्च भइसकेको परियोजनाका प्रमुख देवकोटाले जानकारी दिनुभयो । आयोजना निर्माण सन् २०१८ मार्चसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रधानमन्त्रीको स्थलगत निरीक्षणका क्रममा उहाँलाई आयोजना प्रमुख देवकोटाले आयोजनाको कार्य प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव र सचिव भीमप्रसाद उपाध्यायलगायतको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी