भारतले सुनौली नाकामा नाकाबन्दी जस्तै किन गरीरहेको छ ? आधा गाडी भित्रन दिईएको छैन सुरक्षाको बहानामा

भारतले सुनौली नाकामा नाकाबन्दी जस्तै किन गरीरहेको छ ? आधा गाडी भित्रन दिईएको छैन सुरक्षाको बहानामा

  • मङ्लबार, साउन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

साउन २४ काठमाण्डौं । 

भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन् । भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यका अनुसार सुरक्षा कारण भन्दै भारतीय प्रहरीले चेकजाँचमा कडाइ गरेर यातायात साधनको आवत-जावतमा अवरोध गरिरहेको छ ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीले वीरगन्ज पूर्ण रूपमा ठप्प हुँदासमेत आंशिक रूपमा प्रयोगमा रहेको यो नाकामा भारतीय सुरक्षाकर्मीका कारण साउनको पहिलो सातादेखि अवरोध छ । सुनौलीमा भएको अवरोधमा फसेका ट्रक व्यवसायीलाई विलम्ब शुल्क तिर्दा व्यवसायी करोडौँ घाटामा गएका छन् । सो शुल्क उपभोक्ताबाट उठाउँदा नेपालमा महँगी बढ्ने निश्चित भएको छ । तर, यो अवरोध किन भयो र कतिन्जेल चल्छ भन्ने निश्चित छैन । जब कि यातायात अवरोधले नेपालतर्फ करिब तीन किलोमिटर र भारततर्फ पाँच किलोमिटर जाम भइसकेको छ ।

यस्तो अवरोध पार गरेर गाडी पास हुन कम्तीमा एक साता लाग्ने भएको छ । नाका सहज बनाउन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा दुई देशका अधिकारीबीच छलफल भए पनि अवरोध हट्न सकेको छैन । लखनउस्थित विधानसभा परिसरमा दुई साताअघि बम भेटिएपछि भारतीय प्रहरीले तीन सय २२ किलोमिटर टाढा सुनौली नाकामा अवरोध गरेको हो । ढुवानी साधनलाई मात्र होइन, आउने-जाने यात्रुलाई खल्तीसमेत छामेर अपमानित गर्ने काम गरिरहेको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्याय भन्छन्
यातायात साधन मात्र होइन, आउने-जाने यात्रुलाई समेत अवरोध भएको विषयमा मैले भारतीय विदेश मन्त्रालयका अधिकारीहरूसँग गम्भीर चासो व्यक्त गरिसकेको छु । सुरक्षा जाँचबुझ गर्दा ढिलो भएकाले यातायातमा अवरोध भएको उनीहरूको भनाइ छ । तर, यो अवस्था लामो समय रहन्न । छिटोभन्दा छिटो यातायात पूर्ववत् रूपमा चल्ने आश्वासन पाएको छु ।

-नयाँ पत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी