राष्ट्रवाद नामक राजनैतिक अतिवाद बिचमा उदाएकी रेणु

राष्ट्रवाद नामक राजनैतिक अतिवाद बिचमा उदाएकी रेणु

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

-गुरु प्रसाद रेग्मी

सुन्दा र बुज्दा निकै आदर्षका हासो र ठट्टा बिच पछिल्लो समय जनमत बटुल्न सफल नेपाली राजनैतिक वृतका एक पात्र हुन ने क पा (ए मा ले ) अध्यक्ष के पि ओलि संयुक्त सरकारमा नेपाल प्रधानमन्त्री समेत भैसकेका ब्याक्ती पछिल्लो समय राष्ट्रवाद नामक राजनैतिक अतिवाद फैलाउन अहोरात्र लागी परेका छन ।

अरु माथी छुद्र शैलिमा प्रस्तुत हुनु र आफु कसरी हुन्छ हासोको पात्र बन्नुलाई राष्त्रवाद ठान्ने नेता के पि ओली आफु प्रधानमन्त्री हुँदा अनेकौ महत्वोकाक्षी सपनाको डङ्गुर थुपारेर सतही रुपमा जनता समक्ष लोकप्रीय पात्र को रुपमा देखा परे त्यसको फलस्वोरुप राजनैतिक खिचातानिको मारमा परेका जनताले निकै अपेक्षा सहित २० बर्ष पछी हुँदै गरेको निर्वाचनमा राम्रै मत दिए पनि ।

पहिलो र दोश्रो स्थानिय निर्वाचनमा पहिलो पार्टिको रुपमा स्थापित ने क पा (ए मा ले ) पछिल्लो समय आफै कार्यकर्ता निर्वाचित जन प्रतीनिधी र केहि राष्ट्रीय स्तरका नेताहरु अभिब्याक्ती कार्य सैलिका कारण एकाएक अतिवाद तिर ढकेलिदै गएको प्रस्ट देखिन्छ भने जितको उन्मातले नेता देखी कार्यकर्ता समेत आफ्नो धरातल भुल्दै गएको प्रष्ट हुँदै छ ।

त्यसको ज्वोलन्त उधाहरण पहिलो निर्वाचनमा जेष्ठ ३१ मा सम्पन्न भए पस्चात मतगणना को क्रममा मतपत्र च्यातिए पस्चात गणना स्थगित भैकन घटेका घटना क्रमले प्रष्ट पारेको छ निर्वाचन नियमावली अनुरुप पुन मतदान गर्ने घोषणा गरेको निर्वाचन आयोगको निर्णयलाई लातहान्दै अदालतिय साहारा गुहार्न पुगेको ए मा ले र भरतपुरको बिषयलाई लिएर मुलुक का महत्वो पूर्ण बिदेयक पारीत गराउन बसेको सम्सद बैठक पटक पटक अवरोध गर्न पुगेर अतिवाद अनि जितको दम्भमा रमाउदै सकेको हर्कत गर्न उदृत दल आफु बाहेक अन्य राजनैतिक दल कुनै पनि आफ्ना अगाडी देख्न चाहदैन भन्ने पुष्टी पार्टिकै अध्यक्ष बाट आउने बेलाबेलाका अभिब्याक्तिले प्रष्ट पारेको छ ।

पहिलो चारणमा स्थगित भरतपुर महनगरको १९ नम्वर वडाको निर्वाचनको सवाल मा २ महिना देखी बिचाराधिन मुद्धालाई सर्वोचले पुन मतदान गर्नु भन्ने आदेश जारीगरे पस्चत अदालत अनि सरकार तथा निर्वाचन आयोग सग अत्यान्त रुष्ट हुँदै निर्वाचनमा सहभागी भएको राष्ट्रवादको नाममा अतिवाद फैलाउदै गएको दलका प्रत्यासी देबी ज्ञवालीलाइ अन्तत भरतपुरका जनताले गतिलो सबक सिकाउदै मतपत्र च्यातेको आरोप खेपेको दल माओवादी केन्द्र को तर्फ बाट नेपाली कङ्रेस सगको गठवन्धन तर्फकी उमेद्वार रेणु दहाल लाई बिजयी बनाएका छ्न । उनको बिजयलाई अनेक टिका टिप्पणी गर्न अहिले एमालेका नेता तथा कार्यकर्ता देखी ए मा ले समर्थित केहि मिडिया अहोरात्र लागी परेका छन भने उनिलाई पुर्व प्रधानमन्त्री प्रचण्ड पुत्री मात्र भएको र सत्तको दुरूपायोग गरेर बिजरी गराको आरोप समेत लगाउन लगाइरहेका छ्न ।

त्यसै क्रममा सत्ताको दुरुपायोग सहित बिजय भएकी मेयर सग सगै सफत नखाने घोषणा गर्दै सफत ग्रहण कार्यक्रम नै बहिस्कार गरेर अतिवादको चारम उत्कर्ष पार गर्दै गरेको पार्टी एमाले भरतपुरमा हार बेहोर्नुलाई नेपाली राजनैतिक बृतमा देबी ज्ञवाली पुत्र निरब ज्ञवालीलाई समेत लिन थालिएको छ । उनले मतपत्र च्यातिएको घटनालाई बिषय बनाइ रेणु दहाल लाई सामाजिक सन्जाल फेसबुक मार्फत निकै तुच्छ शब्द प्रयोग गरेका थिए भने पुन मतदानको पुर्वसन्ध्यामा सामाजिक सन्जालको दुरुपायोग गरेर अपशब्द प्रयोग गरी गाली गरेको प्रमाण सहित नेपाल प्रहरीले उनिलाई गिरफ्तार समेत गरेर सामन्य धरौटिमा रिहाइ गरेको छ ।

एमाले प्रत्यासी देवी ज्ञवाली निर्वाचन मा पराजित हुनु को पछाडी एमालेको अतिवाद नै प्रमुख कारणको रुपम अहिले राजनैतिक बृतमा छलफलको बिषय बनेको देखिन्छ साथमा दुइ चारणको निर्वाचन द्वारा निर्वाचित ए मा ले जन प्रतीनिधिले देखाको हरकत पनि कारक तत्वोको रुपमा हेरीन थालेको छ भने यसको प्रभाव आगामी तेश्रो चारणको २ नम्वर प्रदेशको स्थानिय निर्वाचनमा समेत पर्ने अनुमान गर्न थालिएको छ भने प्रदेश र केन्द्रको निर्वाचन मा समेत पर्ने राजनैतिक बिश्लेसक वताउन थालेका छन भने राजनैतिक बिश्लेसक हरु अतिवादको पक्षधर ए मा ले का नेता तथा कार्यकर्तालाई रेणु दहाल लाई प्रचण्ड पुत्रीको रुपमा मात्र हेर्नु गलत भएको सुझाब दिन थालेका छन ।

यदी रेणुलाई माओवादी केन्द्र कि अध्यक्ष प्रचण्ड पुत्रीको रुपमा मात्र हेरिन्छ भने राष्ट्रपती बिद्या देवी भण्डारीलाई समेत मदन भण्डारी श्रीमती को रुपमा हेर्नु पर्थ्यो किन उनि अहिले राष्ट्रपतीको कुर्षिमा विराजमान छिन भन्ने कुराले समेत टिकाटिप्पणी पाउन थालेको छ ।

आखिर यो राजनैतिक आरोप अनि प्रत्यारोप बिच अनि राजनैतिक अतिवाद बिच भरतपुर महानगर पालिकाको प्रमुख (मेयर ) मा महानगर कै इतिहासमा प्रथम महिला नगर प्रमुखको रुपमा उदाएको रेणु दहाल को हुन त ? को हुन् रेणु दाहाल ?

विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेणु दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालकी माहिली छोरी हुन् ।

विक्रम सम्वत् २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन्। प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष, सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रहेकी दाहाल काठमाण्डूकी जिल्ला सचिव हुँदै हाल पोलिटब्युरो सदस्य रहेकी छन्। प्रवेशिकासम्म अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन्। दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिहसँग पराजित भएकी थिइन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी